जेठ-२८,२०७९
छत्रकोट गाउँपालिका चोयगा,गुल्मी ।
छत्रकोट गाउँपालिका गुल्मीले नयाँ आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रम र बजेट तयारिको लागि सरोकारवाला संग अन्तरक्रिया गरेको छ।
हिजो गाउँपालिका शभाहलमा भएको अन्तरक्रियामा सहभागी सरोकारवालाले रोजगारी सृजना,कृषि ,स्वास्थ ,शिक्षा,पूर्वाधार लगायत लाई दिगो रूपमा अगाडि बढाउने नीति र बजेट बनाउन सुझाब दिएका थिए ।
गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले अन्तरक्रिया र यसको निष्कर्ष कर्मकान्डि नभई ५० प्रतिसत बढी कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
उहाले राजनैतिक रंग कुनै पनि काममा नपोत्ने समेत प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा पूर्व जनप्रतिनिधि , विभिन्न राजनैनिक दलका प्रतिनिधि , संघ संस्था ,ब्यवसयी लगायतको सहभागिता रहेको थियो ।