रामकृष्ण कडेल
जेठ ३०,२०७९
रुरुक्षेत्र गाउँपालिका बलेटक्सार, गुल्मी ।
औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीको आयोजनामा पदाधिकारी, पुर्व कार्य-समिति,सल्लाहकार तथा सदस्यहरु बीच वार्षिक कार्य योजना कार्यशाला सम्वन्धि गोष्ठी हिजो आइतबार रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा भएको छ ।
गुणयुक्त ,असरयुक्त ,जनसुरक्षित औषधिको आपूर्ति हाम्रो प्रतिवद्घता भन्ने नारा सहित स्थापना भएको संघले व्यवसायीहरुको दक्षता अभिवृद्धि गर्ने सँगै वर्ष भरी संघबाट गरिने कार्यक्रमको योजना बनाउने उदेश्यका साथ कार्यशाला गरेको हो ।
नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले कार्यशालाको उद्घाटन गर्दै गुल्मी शाखाले आफ्नो कार्यकालको सुरुवात मै कार्यशाला गोष्ठी गरि जग्गा ब्यवस्थापन र भवन निर्माणको कार्य योजना सहित थुप्रै नविनतम कार्यक्रम ल्याई उदाहरणीय कार्य गरेको भन्दै संघले ब्यवसाय सङ्गै सामाजिक उत्तरदायित्वमा पनि बिशेष ध्यान दिनु पर्ने बताउनु भयो ।
ज्ञवालिले शुभकामना मन्तव्य दिदै ब्यवसायीहरुले राष्ट्र विकासको निम्ति र हरेक प्रकारका प्राकृतिक प्रकोप तथा महामारीको बेला अग्र पङ्त्तिमा रहेर योगदान गरेको स्मरण गराउदै औषधि ब्यवसायीहरुलाई राज्यले कुनै पनि सहयोग नगरेकोमा दुख व्यक्त गर्नुभएको थियो ।
नेपाल औषधी व्यवसायी संघका गुल्मी शाखा अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कार्यालय प्रमुख युवराज घिमिरेले कार्यशाला गोष्ठीको उद्देश्य माथी प्रकाश पार्दै सस्थागत सुदृढीकरण , सस्थाको पहिचान ,स्थायित्व , व्यवसायीहरुको स्वमुल्याङ्कन , ब्यवसायीको नविकरणको विषयमा रहेको बताउनु भएको थियो ।
घिमिरेले संस्थागत सम्बन्ध बिस्तारलाई सधै प्राथमिकतामा राखेर अघि भएमा मुलभुत उद्येश्य हासिल हुनेमा आशाबादी रहेको पनि बताउनुभयो ।
कार्यशाला गोष्टिले संघको भवन निर्माणका लागि जग्गा ब्यवस्थापन ,भवन निर्माण लगायतका ३४ वटा त्री वर्षिय योजना पारित गरेको छ ।
संघका लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली ज्ञवाली, प्रदेश कार्यालय प्रमुख , प्रदेश महासचिव लुकराज न्यौपाने लगाएतले कार्यशालामा सहभागिलाई सहजीकरण गरी सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन बाट जनप्रतिनिधिमा निर्वाचित संघका सदस्यहरु छत्रकोट बाट पिताम्बर अर्याल र रेसुङ्गा बाट राम प्रसाद मरासिनी , सल्लाहकार समितिका सदस्यहरू छत्र अधिकारी र लोक बहादुर ज्ञवाली , भवन निर्माणको लागि जग्गा प्रदान गर्नुहुने औषधि ब्यवसायी एवम् संघका गुल्मी शाखाका कोषाध्यक्ष जुवान नन्द बेलबासे ,रेसुङ्गा बहुमुखी क्याम्पसको ब्यवस्थापन समितिमा निर्वाचित हुनु भएकी शाखाकी उपाध्यक्ष पार्वता थापा लगायतलाई सम्मान गरिएको थियो ।
केपि भण्डारीको संयोजन ,गुल्मी शाखा उपाध्यक्ष पार्वता थापाको स्वागत रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य शेर बहादुर थापा , कमल प्रसाद पाण्डे , संघका पुर्व अध्यक्ष महेश श्रेष्ठ , बिशिस्ट सल्लाहकार चुरामणी पन्थी , बिशिस्ट अतिथि , अतिथीहरु , प्रमुख अतिथी लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन महा सचिव गणेश श्रेष्ठले गर्नु भएको थियो ।