गाउपालिकाको दिगो बिकासको लागि दलिय राजनिती बाट माथि उठेर निर्मम ढंगले सबै लागि पर्नु पर्छ : अध्यक्ष ज्ञवाली
असार २
रुरुक्षेत्र गाउपालिका
रुरुक्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवालीले दिगो बिकासको लागि दलिय राजनिती बाट माथि उठेर निर्मम ढंगले सबै लागि पर्नु पर्ने बताउनु भएको छ ।
आर्थिक बर्ष २०७९/ ८० को निति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि स्थानिय सरोकारवाला संग छलफल गर्दै,रुरुक्षेत्र गाउपालिकाको दिगो बिकासको लागि आ-आफ्नो ठाउ बाट सबै सुध्रिएर कसैको चित्त बुझाउन नभई, डकुमेन्ट मिलाउने भन्दा आवस्यकताको आधारमा बिकास निर्माण गर्नु पर्ने बताउनु भयो । स्थानिय सरोकारवालाले सुझाब र सल्लाह मात्र भन्दा पनि बुदा बुदा सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा स्वागत गर्दै प्रमुख प्रसासकिय अधिकृत मधुकृष्ण पौड्यालले सुझाब संकलन सुसासन र योजना कार्यान्वयनको लागि प्रभाबकारी हुने बताउनु भयो ।
कार्यक्रममा स्थानिय राजनैतिक दल,संघ संस्थाका प्रमुख तथा प्रतिनिधी हरुले नयाँ निति तथा कार्यक्रममा शिक्ष, स्वास्थ्य, कृषि,सहकारी र पूर्वाधारको दिगो बिकासको निति बनाउन सुझाएका थिए । कार्यक्रमको सहजिकरण दामोदर ज्ञवालीले गर्नु भएको थियो ।