विद्यालयको आयोजनामा दुइ दिने उत्प्रेरणात्मक विशेष कार्यक्रम सुरु

असार-६,२०७९
रुरु क्षेत्र गाउँपालिका रानीवास,गुल्मी।
जनवोध माध्यमिक विद्यालय रुरु क्षेत्र गाउँपालिका रानीवास गुल्मीको आयोजनामा २ दिने विद्यालय व्यवस्थापन समिति,शिक्षक,अविभावक तथा विद्यार्थी हरुका लागि उत्प्रेरणात्मक विशेष कार्यक्रम हिजो देखि सुरु भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी प्रसाद ज्ञवालीको सभापतित्व रहेको कार्यक्रमा रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमको विशेष आतिथ्यता रहेको थियो।

यस्तै अन्य अतिथिहरुमा वडा नं.४ मा अध्यक्ष मोती प्रसाद श्रेष्ठ र उत्प्रेरक वक्ता पृत्तम पौडेल रहनु भएको थियो।

कार्यक्रममा जनवोध मा.वि सँगै सो विद्यालयको अन्य फिडर विद्यालयहरुका सम्पुर्ण शिक्षक स्टाफहरुको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि,यदु ज्ञवाली,विशेष अतिथि गौतम लगाएतले मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा उत्प्रेरणात्मक वक्ता पृतम पौडेलले प्रशिक्षण दिनु भएको थियो।कार्यक्रम अत्यन्तै सफल प्रभावकारी एवम् फलदायी रहेको सहभागिहरुको प्रतिक्रिया छ।

विद्यार्थीहरुका लागि भने सो उत्पेरणात्मक विशेष कार्यक्रम आजका लागि तय गरिएको विद्यालयले जनाएको छ।

जनवोध माध्यमिक विद्यालयका प्रध्यानाध्यापक वामदेव ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रम सहायक प्रध्यानाध्यापक देविराम ज्ञवालीको सञ्चालन मा सम्पन्न भएको हो।