असार-६,२०७९
छत्रकोट गाउँपालिका-२ भेडुवा गुल्मी।
ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड छत्रकोट गाउँपालिका भेडुवा गुल्मी र युवा तथा साना व्यवसायी स्वरोजगार कोष गुल्मीवाट ऋण लिई व्यवसाय सञ्चालन गरेका व्यवसायी विच अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि छत्रकोट गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कृष्णप्रसाद पन्थीले कोषवाट लिएको रकम व्यवसायीले उद्देश्य अनुरुप सही प्रयोग गर्नु पर्ने वताउनु भयो।
सहभागी व्यवसायीहरुले राम्रो सँग आय आर्जन गर्न कर्जाले सहयोग पुर्याएको धारणा राखेका थिए।
कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष महेश्वर भण्डारीले गर्नु भएको थियो।
छत्रकोट गाउँपालिकामा ग्रामिण वचत तथा ऋण सहकारी संस्थासँग ५० लाख रुपैयाँ सम्झौता गरि पहिलो कित्ताको २५ लाख रुपैयाँ १६जना व्यवसायीले लिएका छन्।
सम्झौता अनुसार कर्जा भुक्तानी पछि व्यवसायीले आफुले भुक्तानी गरेको व्याजको ६० प्रतिशत रकम फिर्ता पाउने सहकारीले जनाएको छ।
कार्यक्रमको सहजीकरण कोषका असली सहजकर्ता जीवन ज्ञवालीले गर्नु भएको थियो।