असार-७,२०७९
छत्रकोट गाउँपालिका ६ गैरीखुट्टा,गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिका -६ दौंघा स्थित गैरीखुट्टामा गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन प्रकृया अनुसार वजारीकरण तथा व्यवसायिक परामर्श सम्वन्धि अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम हिजो सम्पन्न भएको छ।
छत्रकोट गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नि.वर्तमान छत्रकोट गाउँपालिका गाउँकार्यपालिका सदस्य कमला पोख्रेल ढकालको अध्यक्षता रहेको थियो।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको सशर्त अनुदानमा सञ्चालित परियोजना मार्फत् आर्थिक वर्ष २०७८/०७९मा सो वडा अन्तर्गत सिलाई कटाई तर्फ १२ र व्यवसायिक अचार उत्पादन तर्फ ८ जना गरि २० जना नयाँ लघु उद्यमी सिर्जना गरिएकोमा ती सिर्जित लघु उद्यमीहरुलाई उनीहरु द्वारा उत्पादित वस्तुको वजार सम्बन्ध विकासका निम्ति आवश्यक सहजता प्रदान गर्ने गरि सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको सहजकर्ता यमुना अधिकारी शर्माले वताउनु भयो।
कार्यक्रममा वोल्दै नि.वर्तमान गाउँकार्यपालिका सदस्य पोख्रेलले सिकेको सिपलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनु भयो।
विगत लामो समय देखि धेरै प्रकारका सीप विकास तालिम सञ्चालन हुँदै आएकोमा हाल सम्म राम्रो सँग व्यवहारिक कार्यान्वयन नगरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्रभावकारी ढङ्गले सामुहिक व्यवसायलाई अगाडि वढाउन लघु उद्यमीहरुलाई सुझाव दिनु भयो।
वजारीकरण तथा व्यवसायिक परामर्शका विषयमा रुरु एफ्.एमका व्यवस्थापक तथा सञ्चालक युगराज वस्यालले प्रशिक्षण दिनु भएको थियो।
प्रशिक्षण कार्यक्रममा १८ जना लघु उद्यमीहरुको सहभागिता रहेको थियो।
अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम मार्फत आफुमा नयाँ विचार थपिएकाले व्यवसाय लाइ थप सफल र सहज ढङ्गले आफ्नो अगाडि वढाउन सहज हुने सहभागी उद्यमीहरुको प्रतिक्रिया छ।
सहजकर्ता यमुना अधिकारी शर्माले उद्यमीहरुको व्यवसायलाई सफल र प्रभावकारी ढङ्गले अगाडि वढाउन लघु उद्यमीहरुसँग निरन्तर व्यवसायिक परामर्शमा जोडिने प्रतिवद्धता व्यक्त गर्नु भयो।
उहाँले उद्यमीहरुका वास्तविक माग,आवश्यक र समस्या निराकरण तर्फ सधै क्रियाशिल रहने वताउनु भयो।