असार-७ ,२०७९
छत्रकोट गाउँपालिका चोयगा,गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ।गाउँपालिकाले स्वास्थ ,शिक्षा,कृषि र पुर्वाधार ,सुशासन सहितको समृद्ध छत्रकोट हाम्रो आधार भन्ने मुल नाराका साथ विभिन्न क्षेत्रलाई प्राथमिकीकरणका आधारमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन मार्फत् निर्वाचित जनप्रतिनिधिहरुले ५ वर्षे लक्ष्यलाई आत्मसात गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पाण्डेयले छत्रकोटको वास्तविक सपना पूरा गर्न सवैको साथ र सहयोग हुनु पर्नेमा जोड दिनु भयो।
निर्वाचनका क्रममा राखिएका वाचा र प्रतिवद्धताहरुलाई पूरा गर्नमा सधै क्रियाशिल रहने वताउँदै,विकास र समृद्धि हासिल गर्न अनेकौ चुनौतीका वावजुत विभिन्न प्राकृतिक सम्पदाले सम्भव वनाइ दिइएको धारणा राख्नु भयो।
छत्रकोट वासीहरुको समृद्धि र खुसीका लागि सदैव प्रतिवद्ध रहने अध्यक्ष पाण्डेले जिकिर गर्नु भयो।
गाउँपालिकाले शिक्षा,स्वास्थ ,पुर्वाधार ,पर्यटन ,रोजगारी ,सामाजिक विकास ,सुसासन सहित विभिन्न क्षेत्रलाई समेटेर गाउँपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गर्ने,आस्थाका आधारमा कर्मचारीहरुलाई फरक दृष्टिकोणले नहेरिने,राजनितीमा संलग्न शिक्षक तथा कर्मचारीलाई कानुनी दायरामा ल्याईने,राष्ट्रपति रनिङ सिल्ड कार्यक्रमलाई व्यवस्थित गर्ने,बाल शिक्षिकाहरुको सेवा सुविधा लाई निरन्तरता दिने,प्राविधिक शिक्षामा विशेष जोड दिने,स्वास्थ्य अन्तर्गत गर्भवती ,सुत्केरी र जेष्ठ नागरिकको स्वास्थ्य तथा पोषण अवस्थालाई सुधार गर्ने, १५ शैयाको अस्पताल निर्माण गरि स्वास्थ्य सेवालाई प्रभावकारी तुल्याउने ,२४ घण्टे प्रसुती सेवा तथा ल्यावलाई व्यवस्थित गर्ने, जनशक्ति व्यवस्थापन,आवश्यक भौतिक पुर्वाधार लाई पुर्णता, पोषणलाई व्यवस्थित गर्ने,लघु उद्यमलाई व्यवसाय सँग जोड्ने,कृषिलाई मुख्य व्यवसाय वनाइने ,कृषि विमालाई नि:शुल्क वनाउने ,प्रधान मन्त्री रोजगार कार्यक्रमलाई थप उत्पादन सँग जोड्ने,कृषक पेन्सनलाई संघिय सरकार सँग सहकार्य मार्फत थप व्यवस्थित गर्ने लगाएतका व्यवस्था समेटिएका छन्।
यस्तै सहकारीलाई विकासको साझेदार वनाउने समेतले गाउँपालिकाको निती तथा कार्यक्रममा स्थान पाएको छ।
उता वाँझो जग्गामा वृक्षरोपण गर्ने,सार्वजनिक,निजी तथा सामुदायिक वनको संरक्षण र व्यवस्थापन गर्ने,विपद्का समयमा राहतको कार्यक्रमलाई व्यवस्थित गर्ने,सुधारिएको चुल्होको व्यवस्था,सडक स्तरोन्नती तथा विस्तारलाई अगाडि वढाईने पनि गाउँपालिकाले व्यवस्था गरेको छ।
साथै गाउँपालिकाले निर्धारण गरेको सडक मापदण्ड लाई कार्यान्वयन गर्ने,चक्रपथ निर्माण गर्ने कार्यलाई निरन्तरता दिने ,उज्यालो छत्रकोटका लागि सडक वत्तीको व्यवस्था,विकास र सुशासन कार्यान्वयनका निम्ति पत्रकारिता तथा सञ्चार माध्यम सँग सहकार्यका गर्ने ,स्थानीय एफ्।एम रेडियोको नियमित प्रसारणमा आवश्यक सहयोग गर्ने पनि अध्यक्ष पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनाउनु भयो।
सवै वडामा अन्लाईन मार्फत लगत संकलन तथा घटना दर्ता गर्ने ,वडा देखि गाउँपालिका सम्म सार्वजनिक सुनुवाई ,पारदर्शिता ,जवाफदेहीता तथा सुशासन कार्यान्वयन गर्न समेत पहल गरिने लगाएतका का कार्यक्रमलाई पनि गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ।
केही समय अघि मात्र बन्द सत्र समिएको छ।सभाका सदस्यका वीच छलफल मार्फत आज नै नीति तथा कार्यक्रम पारित भएको वडा नं.३ का वडा अध्यक्ष तेजकान्त अर्यालले वताउनु भयो।
छ वटा वडा रहेको गाउँपालिकामा गत वैशाख ३० मा नेकपा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ३वडामा प्यानल नै विजयी भएको थियो।
वाँकी ३ वडामा भने नेपाली काङ्ग्रेस प्यानल सहित विजयी भएको थियो।
गाउँकार्यपालिका सदस्य सवै नेकपा एमालेका निर्वाचित भएका थिए ।यसरी नेकपा एमालेको एकल वहुमत छ।यसै कारण नीति कार्यक्रम आज सहजै पारित भैसकेको छ।
अव पारित भएको सोही नीति कार्यक्रम वमोजिम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को वजेट तर्जुमा गरि आगामी असार १० गतेको गाउँसभामा प्रस्तुत गर्ने छ र प्रस्तुत वजेट पारित भए पश्चात् सोही पारित नीति कार्यक्रम वमोजिम कार्यान्वयनका निम्ति वाटो खुल्ने छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली,प्रमुख प्रसाशकीय अधिकृत कृष्णप्रसाद पन्थी,छ वटै वडाका वडाध्यक्षहरु,गाउँकार्यपालिका सदस्यहरु,गाउँसभा सदस्यहरु,पुर्वजनप्रतिनिधिहरु सहित गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरु,पत्रकार लगाएतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण प्रमुख प्रसाशकीय अधिकृत कृष्ण प्रसाद पन्थीले गर्नु भएको थियो ।
सो नीति तथा कार्यक्रमको प्रस्तुतीकण एवम् खुला सत्र रुरु एफ.एम ९४.८ मेगाहर्ज मार्फत प्रत्यक्ष प्रसारण समेत भएको थियो।