असार-१०,२०७९
छत्रकोट गाउँपालिका-४ गुल्मी ।
गुल्ममीको छत्रकोट गाउँपालिकाले छत्रकोट ४ दिगाममा नवनिर्मित छत्रकोट र रुरुक्षेत्र गाउँपालिका जोड्ने मौलापुर लोलांग ट्रसपुलको हिजो एक औपचारिक समारोहका विच समुद्घाटन गरेको छ ।
दुई गाउँपालिकाको सिमानामा रहेको बैसादी खोलामा निर्मित सो पुलको लम्बाई २८ मिटर रहेको छ ।
कुल २८ लाख ७५ हजार ९८६ रुपैयाँको लागतमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
सोही अनुरुप गाउँपालिकाको ३ लाख ७३ हजार ८७८ रुपैयाँ, समुदायको श्रमदान वाट ५७ हजार ५२० रुपैयाँ र क्षेत्रगत कार्यक्रम मार्फत २४ लाख ४४ हजार ५८८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको निर्माण समतितीका अध्यक्ष चिन्तामणी पन्थले जानकारी दिनु भयो
।प्राविधिक सामाजिक सहयोग सृजनशील सामुदायिक विकास केन्द्र मार्फत हाल सम्म १७० वटा पुल निर्माण भैसकेका छन्।
मौलापुर लोलांग ट्रसपुल उपभोक्ता समितिका अध्यक्ष चिन्तामणी पन्थको अध्यक्षता रहेको कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयलको प्रमूख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमूख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा नं.४ का अध्यक्ष गुणाखर ज्ञवाली,वडा नंं.६ का अध्यक्ष नारायण रेश्मी, ,रुरु क्षेत्र गाउँपालिका ३ का वडा अध्यक्ष शेषना रायण पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
साथै वडा नं.४ का वडा सदस्य केशव राज कंडेल,पत्रकार युगराज बस्याल, अमर पन्थ लगायतको समेत उपस्थिती रहेको थियो ।
सव ईन्जिनियर डिल्ली राज खनालले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा जग्गा दात्ता पुल निर्माणका प्राविधिकहरु र अन्य सहयोग दात्ताहरुलाई सम्मान समेत गरीएको थियो ।
नव निर्मित पुलको अौपचारिक उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तथा प्रमूख अतिथी पाण्डेयले यस पुलको निर्माणले दुई गाउँपालिकालाई जोड्ने र मानिसलाई खोला तर्दा ज्यान जोखिममा पार्नु पर्ने बाध्यता हटेर जाने विश्वास व्यक्त गर्नु भयो ।
महिलाहरु घरमाईत तथा अन्य व्यक्तिहरुलाई घाँस दाउरा गर्न पनि सजिलो हुने अध्यक्ष पाण्डेयले बताउनु भयो ।गाउँपालिका अध्यक्ष पाण्डेयले पुल वरीपरीको सडक समेत स्तरोन्नती गर्ने प्रतिवद्धता जनाउनु भयो ।
नि.वर्तमान वडा अध्यक्ष डिलाराम न्यौपाने को स्वागत मन्तव्य रहेको कार्यक्रको सञ्चालन यम वहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको हो।