असार-१०,२०७९
छत्रकोट गाउँपालिका -३,चोयगा गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकाले वडा नं.४ अवस्थित श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समय सेवारत स्वास्थ्य कमर्मीहरुलाई हिजो एक औपचारिक समारोहका विच विदाई गरेको छ।
गाउँपालिकाले सि.अहेव राम चन्द्र ज्ञवाली र सि.अनमी ईश्वरा ज्ञवालीलाई औपचारिक विदाई गरेको हो।
गाउँपालिका को शभाहलमा भएको विदाई समारोहमा छत्रकोट गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं.४ का अध्यक्ष गुणाकर ज्ञवालीको अध्यक्षता रहेको थियो।
त्यस्तै कार्यक्रममा छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेल सहित गाउँपालिकाको विभिन्न स्वास्थ्य क्षेत्रमा सेवारत स्वास्थ्यकर्मीहरुको विशेष उपस्थिति रहेको थियो।
गाउँपालिकामा जारी ३ दिने MNH Road map 2030 सम्वन्धि अभिमुखीकरण कार्यक्रमका अवसरमा उहाँहरुलाई विदाई गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव सपना टण्डनले वताउनु भयो।
सि.अहेव राम चन्द्र ज्ञवाली स्वास्थ्य क्षेत्रमा विगत ४१ वर्ष देखि सेवारत हुनु हुन्थ्यो ,उता सि.अनमी ईश्वरा ज्ञवालीले पनि ३३ वर्षको समय स्वास्थ्य सेवा मै वेतित गर्नु भएको थियो।
उहाँहरु दुवै जना सेवा निवृत्त भई अनिवार्य अवकाश पाउनु भएकाले गाउँपालिकाले पनि उहाँहरुको स-सम्मान स्वरुप विदाई गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले वताएको छ।
विदाई हुने दुवै जनालाई गाउँपालिकाले टीका माला,खादा एवम् प्रमाणपत्र सहित विदाई गरेको हो।
विदाई हुनुहुने दुवै जनाले स-सम्मानपुर्ण विदाई गरेकोमा गाउँपालिकालाई धन्यवाद दिंदै आफुहरुले छत्रकोटको स्वास्थ्य क्षेत्रमा पुर्याएको योग्दान सधै अविष्मरणीय रहने धारणा राख्नु भयो।
कार्यक्रम छत्रकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव सपना टण्डनको सञ्चालनमा सम्पन्न भएको हो ।