चुरामणि तिमिल्सिना
असार-११,२०७९
सत्यवति गाउँपालिका गुल्मी।
सत्यवति गाउँपालिका गुल्मीको हिजो भएको ११औं गाउँ सभामा गाउँपालिका उपाध्यक्ष निरमाया त्रामु मार्फत प्रस्तुत अनुमानित बजेट बहुमतले पारित भएको छ ।
गाउँपालिकाका तथा गाउँ सभाका अध्यक्ष टिका राम पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।
नीति कार्यक्रममा कृषि,शिक्षा,स्वास्थ,पर्यटन तालिम आयार्जनमक कार्यक्रम,बिमा खानेपानी ,पुर्वधार निर्माण,सडक लगायतका विषय समेटिएका छन् ।
यस्तै नीति तथा कार्यक्रममा स्थानीय खुर्पानी,चौतारी कोदो बाट बनेका मदिरा लाई ब्रान्डडेट बनाइने ,अति बिपन्न परिवारको स्वास्थ बिमा नि:सुल्क गरिदिने ,कृषि कार्यका लागि २ प्रतिशत मा ऋण उपलब्ध गराइने,विद्यालयलाई आधुनिक प्रविधि मैत्री वनाइने,करेसा वारि निर्माण ,सुविधा सम्पन्न भवन,पत्रकारको बिमा,भैंसी पर्वद्धन, सुत्केरी भत्ता ,रुद्रबेणि नजिक बाध निर्माण गरि जलयात्राको कार्यक्रम अगाडी बढाइने,सास्कृतिक सम्पदाको संरक्षण गर्ने लगाएतका कार्यक्रमलाइ प्राथमिकतामा राखिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
नीति कार्यक्रम पछि सभाका उपाध्यक्ष तथा पालिका उपाध्यक्ष नीर माया तरामुले आर्थिक बर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गर्नु भयो ।
बजेट प्रस्तुत गर्दै तरामुले हरेक शीर्षक लाई क्रमश पूरा गर्दै लैजाने ठुला योजना सम्पन्न गर्न प्रदेश र केन्द्र सरकार सँग सहकार्य गरिने ,हरेक गतिविधि प्रभाव कारी बनाउन पटक पटक नियम अनुसरण अनुगमन गरिने ।
बजेटबाट नै ठुला ठुला बिपतका कार्य लाई प्राथमिकताका आधरमा कार्य अगाडी बढाइने बताउनु भयो।
उहाँले बुदामा नभइ बजेट पुर्णरुपमा कार्यन्यन हुने बिस्वास दिलाउनु भयो ।
सभामा प्रमुख प्रशासकीय अधिकृत झविस्वर रेग्मी,सबै वडाका अध्यक्ष हरु कार्य पालिका सदस्यहरु,वडा सदस्यहरु विभिन्न साखा कर्मचारीहरु पत्रकार सुरक्षा निकाय दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।