टोपराम केसी
असार-१३,रुरु क्षेत्र गाउँपालिका १,रिडी गुल्मी।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका १ रिडीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्यसञ्चालन प्रकृया अनुसार लघु कर्जामा पहुँच र वजारिकरण तथा व्यवसायिक परामर्श सम्वन्धि प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
रुरु क्षेत्र गाउँपालिकाको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा वडा नं.१ का वडा अध्यक्ष नवराज वि.कको अध्यक्षता रहेको थियो।
यस्तै वडा सदस्य लक्ष्मी सुनार,वडा सचिव राम प्रसाद ज्ञवाली,रुरु एफ्.एमका पत्रकार युगराज वस्याल,स्थानीय सहकारीका प्रतिनिधिहरु,परियोजना मार्फत् सिर्जित लघु उद्यमीहरु,स्थानी उद्यमीरव्यवसायीहरु लगाएतको विशेष सहभागिता रहेको सहजकर्ता प्रतिभा पचभैयाले बताउनु भयो।
कार्यक्रममा वोल्दै वडा अध्यक्ष वि.क ले विगत देखि धेरै तालिम/कार्यक्रम सञ्चालन गरिए पनि जागरुकताको अभावले मौका गुमाउने गरेको प्रसङ्ग उल्लेख गर्दै सीप सिक्न तयार हुनु पर्ने र सिकेको सिपलाई प्रभावकारी रुपमा पेसाकै रुपमा कार्यान्वयन गर्न सहभागिहरुलाई प्रेरित गर्नु भयो।
कार्यक्रममा पत्रकार वस्यालले वजारिकरण तथा व्यवसायिक परामर्शका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो।
सहभागिहरुले सो प्रशिक्षण अत्यन्त फलदायी भएको वताउँदै सफल रुपमा आ-आफ्नो व्यवसायलाई अगाडि वढाउन उर्जा थपिएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रम उद्यम विकास सहजकर्ता अन्जना अर्यालको सञ्चालनमा सम्पन्न भएको हो।