टोपराम केसी
असार-,१४,२०७९
रुरु क्षेत्र गाउँपालिका ४ वलेटक्सार,गुल्मी।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका -४ वलेटक्सार तथा वडा नं.५ वम्घा मा गरिवी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम कार्यसम्पादन प्रकृया अनुसार लघु कर्जामा पहुँच र वजारीकरण तथा व्यवसायिक परामर्श सम्वन्धि अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
वडा सदस्य ममता सुनारको अध्यक्षता रहेको कार्यक्रममा लघु उद्यमीहरु,लघु वित्त संस्थाका प्रतिनिधि ,पत्रकार युगराज वस्याल लगाएतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा लघु वित्तरकर्जामा पहुँचका विषयमा मेरो लघु वित्त तथा वित्तीय संस्थाका प्रमुख कृष्ण बहादुर विश्वकर्मा ले प्रशिक्षण दिनु भएको थियो।
यस्तै वजारीकरण तथा व्यवसायिक परामर्श का विषयमा पत्रकार युगराज वस्यालले प्रशिक्षण दिनु भएको थियो।
प्रशिक्षण ले लघु उद्यमीहरुमा लगानी वढाउन प्रेरणा थप्ने काम गरेको भन्दै ,व्यवसाय सफल रुपमा अगाडि वढाउन सहज हुने तथा वजार सम्बन्ध विकासमा समेत लाभ मिल्ने भई सामाजिक तथा आर्थिक तवरले विगतको तुलनामा जिविकोपार्जनको क्षेत्रमा आमूल परिवर्तन ल्याउने आयोजकको विश्वास छ।
कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता प्रतिभा पचभैयाले गर्नु भएको थियो।
कार्यक्रममा जम्मा १५ जना लघु उद्यमीहरुको सहभागिता रहेको उद्यम विकास सहजकर्ता अन्जना अर्यालले वताउनु भयो।