रामकृष्ण कडेल,असार १५ गुल्मी ।
नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीको २० औं स्थापना दिवसको अवसरमा गुल्मी अस्पताल तमघासमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्या,नेपाल औषधि व्यवसायी संघ गुल्मी शाखा अध्यक्ष फर्शुराम पाण्डे , महा सचिव गणेश श्रेष्ठ ,सदस्य जयप्रकाश भट्टराई ,स्वास्थ्यकर्मी कमल रिजाल ,सुनचाँदी व्यवसायी झबिन्द्र पन्थी लगाएतले रक्तदान गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश सदस्य कमलप्रसाद पाण्डेय, लुम्बिनी प्रदेश सल्लाहकार तथा शाखा विशिष्ट सल्लाहकार शेरबहादुर थापा,गुल्मी शाखा विशिष्ट सल्लाहकार चूडामणि पन्थी,शाखा अध्यक्ष फर्शुराम पाण्डे लगायत कार्यसमिति,अस्पतालका कर्मचारीहरु,व्यवसायीहरु,कार्यक्रम संयोजक के.पी भण्डारी,नेपाल रक्तदाता संघ लगायत विशिष्ट महानुभावहरुको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा आकाश मेडिको फार्मा तमघास गुल्मीको तर्फबाट अध्यक्ष फर्शुराम पाण्डेले गुल्मी अस्पताललाई ५० थान ब्लड ब्याग र ट्रान्स्फ्युजन सेट हस्तान्तरण गर्नु भएको थियो।
गुल्मी शाखा उपाध्यक्ष पार्वता थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा मे.सु.डा.उत्तम पच्या,शेर बहादुर थापा,फर्शुराम पाण्डेले शुभकामना तथा धन्यवाद मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमको सञ्चालन महासचिव गणेश श्रेष्ठले गर्नु भएको थियो ।