कालिदास आत्रेय
असार-१७,२०७९
छत्रकोट गाउँपालिका गुल्मी।
शिक्षा युवा तथा खेलकुद शाखा छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा कक्षा ४,७ र ९ को परिवर्तित पाठ्यक्रम सम्वन्धि अभिमुखीकरण कार्यक्रम हिजो सम्पन्न भएको छ।
सरस्वती माध्यमिक विद्यालय छत्रकोट-२ भेडुवामा सम्पन्न कार्यक्रममा छत्रकोट गाउँपालिका भित्रका २० वटा विद्यालयका ६० जना शिक्षकहरुको सहभागिता थियो।
सामाजिक विकास समिति छत्रकोटका संयोजक गुणाकर ज्ञवालीको अध्यक्षता रहेको उद्घाटन सत्रमा छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा सरस्वती मा.विका प्र.अ भुवन टण्डन,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी,गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली लगाएतले मन्तव्य राख्नु भएको थियो।
प्रा.स रोमनाथ कंडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन छत्रकोट गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख टिकाराम आचार्यले गर्नु भएको थियो।
उद्घाटन सत्र पछि सहभागिहरुलाई गणित,विज्ञान समूह,अङ्ग्रेजी ,नेपाली समूह तथा सामाजिक समूह गरि सहजीकरण गरिएको थियो।
जसको सहजकर्ता मा विनोद न्यौपाने ,रमेश पन्थ,अमृता थापा र मन्जु पन्थी रहनु भएको थियो।