टोपराम केसी
असार-१९,२०७९
छत्रकोट गाउँपालिका, गुल्मी ।
रिटर्नी फेड्ेसन नेपालको गाउँ पालिका स्तरीय भेला हिजो छत्रकोट गाउँपालिकामा सम्पन्न भएको छ।
रिटर्नी फेड्ेरेसन छत्रकोटका पुर्व संयोजक राम कृष्ण सोमरेको अध्यक्षता रहेको कार्यक्रममा रिटर्नी फेड्ेरेसन गुल्मी जिल्लाका अध्यक्ष रवि लाल पन्थको प्रमुख आतिथ्यता रहेको थियो।
यस्तै कार्यक्रममा रिटर्नी फेड्ेरेसन लुम्विनी प्रदेश कमिटी सदस्य लक्ष्मण पन्थ,जिल्ला कमिटी सह-सचिव मिना घिमिरे ,रेसुङ्गा नगर कमिटी अध्यक्ष देव राज पाण्डे,नेकपा एमाले प्रदेश कमिटी सदस्यहरु नर्मदा भण्डारी र होम नाथ कंडेल ,जिल्ला कमिटी सदस्य तथा छत्रकोट गाउँ कमिटी का ईन्चार्ज विष्णु पौडेल,जिल्ला कमिटी सदस्य तथा छत्रकोट गाउँ कमिटी अध्यक्ष पिताम्वर अर्याल लगाएतका विशिष्ट व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो।
सम्पन्न भेलाले दोमा कान्त न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय छत्रकोट गाउँपालिका स्तरीय पालिका कमिटीको गठन गरेको छ।
कार्यक्रममा विदेश गएर श्रम तथा सीप साटेर फर्किएका मानिसवाट विदेशको सिपलाई स्वदेश मै सदुपयोग गर्ने सहभागीहरुको प्रतिवद्धता थियो।
उनीहरुले विदेशमा सिकेको सिपलाई स्वदेश मै सम्मुनत व्यवस्थापन गर्न नेकपा एमाले सदा एवम् सर्वदा कटिबद्ध रहेने भेलाले निर्णय गरेको छ।
कार्यक्रम नेकपा एमाले छत्रकोट गाउँकमिटीका सचिव एग्य पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो।