रुरुक्षेत्र १ भट्कुवामा १ हजार बिरुवा रोपियो, थप ३ हजार रोपिने
चुरामणि तिमिल्सिना
असार २६
रुरुक्षेत्र गाउँपालिका
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न. १ भट्कुवा गतेहार भ्युपोइन्टमा एक कार्यक्रमका बिच १ हजार बोट बृक्ष रोपण गरिएको छ।
अमला , गोलमोर, तेजपत्ता , टिमुर बेल लगायतका बिरुवाहरु लगाइएको वडा न १ वडा सदस्य सुशील श्रेष्ठले जानकारी दिनु भयो। यस सामुदायिक बनमा थप ३ हजार थप यस्तै बिरुवाहरु रोपण गरिने सदस्य श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा वडा न १ का वडा अध्यक्ष नवराज बिकको प्रमुख आथित्यता रहेको थियो। समारोहमा जन प्रतिनिधिहरु सुरक्षा निकाय पत्रकार विभिन्न पाटिका प्रतिनिधिहरु वनका प्रतिनिधि, , समाजसेबि हिमाल श्रेष्ठ विभिन्न संघसस्थाका प्रमुखहरु महिला समुह स्थानीयको उत्साहाजनक सहभागीता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अथिती वडा अध्यक्ष नवराज बिकले यश क्षेत्रको बिकास गर्नको लागि स्थानीय निकाय बाट सहयोग उपल्ब्ध गराउने , जनताका समस्याहरु लाई क्रमबद्द रुपमा सम्बोधन गर्ने , र धार्मिक पर्यटन प्रबन्धमा टेवा पुर्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो
रुरु सत्यबती सब डिभिजन बन कार्यालय तम्घास र डिभिजन बन कार्यालय गुल्मीको आयोजना यस्तै ठूलो बन महिला सामुदायिक बन वडा कार्यालय र स्थानीय महिला समुहको सहकार्यमा बृक्षरोपण गरिएको हो । बिरुवाको ब्यबस्थापन गर्न आफ्नो कार्यालय बाट सक्दो सहयोग गर्ने बनका प्रतिनिधि नवीन गैरेले प्रतिबद्धता जायर गर्नु भयो । कार्यक्रममा बनका अध्यक्ष मन्जु ज्ञवालीको अध्यक्षता रहेको थियो। कार्यक्रमको सन्चालन लक्ष्मी ज्ञवालीले गर्नु भएको सहकर्मी चुरामणि तिमिल्सिनाले समाचार पठाउनु भएको छ ।