गुल्मीदरबार गाउँपालिकामा समाजमा विद्यमान कुरीति – कुसंस्कार विरुद्ध सरकार सहकारी साझेदारी कार्यक्रम सम्पन्न
असार २७ गुल्मी
गुल्मीदरबार गाउँपालिका
गुल्मीको गुल्मीदरबार गाउँपालिकामा समाजमा विद्यमान कुरीति – कुसंस्कार विरुद्ध सरकार सहकारी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजना र गुल्मीदरबार गाउपालिकाको समन्वयमा पालिकामा सोमबारसर्वपक्षीय सरोकारवालाहरुको सहभागितामा कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी रहनुभएका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जुन जुन रिति , सस्कारहरु गलत छन ती नै कुरीति र कुसंस्कार भएको बताउनुभयो । सुधारका निम्ति आफैबाट सुरु गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो
कार्यक्रममा बोल्दै गुल्मीदरबार गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी सरोज कुमार थापाले पालिकाले मात्रै चाहेर कुरीति र कु संस्कारको अन्त्य गर्न नसकिने बताउनुभयो । अध्यक्ष थापाले कुरीति र कुसंस्कारको विरुद्ध लडाइँ सफल बनाउन नागरिक , संघ सस्था हातेमालो गरेर अगाडि बढ्न आवस्यक रहेको बताउनु भयो ।
गुल्मी जिल्ला प्रहरी प्रमुख , प्रहरी निरीक्षक भिम दाहालले गुल्मी जिल्लामा पछिल्लो समय भए गरेका अपराधको बारेमा जानकारी गराउदै समाजमा हुने अपराध , त्यस्का चरण र अपराध हुनुका कारण एवं न्युनिकरणका उपायबारे बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, पालिका उपाध्यक्ष तारा थापा ढेंगा, सबैजसो जनप्रतिनिधि , युवा क्लब , आमा समुहका अध्यक्ष पदाधिकारी लगायतको सहभागीता थियो ।
कार्यक्रमको संचालन पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले गर्नुभएको थियो ।