कालिदास आत्रेय
असार-३२,२०७९
छत्रकोट गाउँपालिका गुल्मी ।
शिक्षा युवा तथा खेलकुद शाखा छत्रकोट गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय प्रध्यानाध्यापकहरुको वैठक हिजो सम्पन्न भएको छ।
छत्रकोट गाउँपालिकाको शभाहलमा भएको बैठकमा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।
छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न वैठकमा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली,प्रमुख प्रसाशकीय अधिकृत कृष्ण प्रसाद पन्थी,सामाजिक विकास समिति संयोजक तथा वडा नं.४ का वडा अध्यक्ष गुणाकर ज्ञवाली,वडा नं.३का अध्यक्ष तेजकान्त अर्याल,वडा नं.६का वडा अध्यक्ष नारायण रेश्मी लगाएतका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।
वैठकले शैक्षिक सत्र २०७९ को प्रथम त्रैमासिक परीक्षा आगामी साउन ४ गते देखि १२ गते सम्म सञ्चालन गरि १३ गते भित्र नतिजा प्रकाशन गर्ने,निर्णय भएको छ।
साथै साउन १५ गते देखि भाद्र २ गते सम्म १९ दिनका लागि यस वर्षको वर्षे विदा गर्ने लगाएतका विभिन्न निर्णयहरु समेत भएका छन् ।
वैठक शिक्षा युवा तथा खेलकुद शाखा छत्रकोटका प्रमुख टिकाराम आचार्यको सञ्चालनमा सम्पन्न भएको हो।