मंकीपक्सको प्रकोप बढे पछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
साउन ८
बिभिन्न राष्ट्रमा मंकीपक्सको प्रकोप देखिएपछि प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । आपतकाल घोषणा विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा उच्च सतर्कता हो । विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि स्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय लिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
मंकीपक्स प्रकोपलाई लिएर विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको दोस्रो बैठकको स्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय लिएको हो । ७५ देशमा १६ हजार भन्दा बढी संक्रमित पहिचान भइसकेको र यसबाट हालसम्म पाँच जनाको मृत्यु भएको बताईएको छ ।
वर्तमान अवस्थामा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारी र पोलियो उन्मूलनको लागि भइरहेको निरन्तर प्रयास शिर्शकमा दुईवटा प्रकोपविरुद्ध स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।