श्रावण-८,२०७९
छत्रकोट गाउँपालिका गुल्मी ।
नेपाल शिक्षक संघ छत्रकोट गाउँपालिकाको दोस्रो अधिवेसन हिजो सम्पन्न भएको छ।
श्रृङ्गा जनता माध्यमिक विद्यालयमा सम्पन्न दोस्रो अधिवेशनले राष्ट्रिय मावि दौंघाका शिक्षक कृष्णप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिती को निर्माण गरेको छ।
समितीको उपाध्यक्षमा पुष्पा गहिरे र विष्णु प्रसाद कंडेल,सचिवमा शिर वहादुर वुढाथोकी,अर्थ सचिवमा तारा बहादुर खत्री,सहसचिवमा सीता वुचा,अमिर अर्याल,र कर्ण बहादुर पालुङ्गे,सदस्यहरुमा निशा पन्थ कंडेल,तारा न्यौपाने,र रमेश नेपाली रहनु भएको छ।
बाँकी सदस्यहरु कार्यसमितिको बैठकले पुर्णता दिने छ।
कार्यक्रमको खुल्ला सत्रमा नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य चन्द्र भण्डारीको प्रमुख आतिथ्यता,नेपाल शिक्षक संघका केन्द्रीय उपमहासचिव धना भण्डारी ,तथा नेपाल शिक्षक महासंघका प्रदेश अध्यक्ष तथा नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेम भण्डारीको विशिष्ट आतिथ्यता रहेको थियो।
साथै नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष हिरांस सराङ्कोटी,नेपाल शिक्षक संघका खिम बहादुर थापा,अर्थ सचिव रामहरी ज्ञवाली,सरद ज्ञवाली ,श्रृङ्गा जनता मा.विका वि.व्य.सका अध्यक्ष होमनाथ कंडेल,प्रअ विकास चन्द्र खरेल लगाएतका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।
नेपाल शिक्षक संघ छत्रकोटका अध्यक्ष कृष्ण प्रसाद भुषाल को अधयक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुल प्रसाद भण्डारीले गर्नु भएको थियो।