गुल्मीदरबार गाउपालिकाको स्वास्थ्य सेवाका कार्यक्रमहरु उदाहरणका रुपमा अगाडी बढे
साउन ९
गुल्मीदरबार गाउपालिका
गुल्मीदरबार गाउपालिकाको स्वास्थ्य सेवाका कार्यक्रमहरु उदाहरणका रुपमा अगाडी बढेको सरोकारवालाहरुले बताएका छन ।
आईतबार बाट सुरु भएको दुइ दिनको स्वास्थ्य संस्थाहरुको समिक्षा तथा कार्ययोजना गोष्ठीका सहभागिहरुले भौतिक संरचना,पूर्वाधारका क्षेत्रमा केहि काम गर्न बाँकी रहे पनि उपलब्ध साधनस्रोत बाट स्वास्थ्य सेवाका लक्ष्य प्राप्तीको लागि प्रभाबकारी काम र कार्यक्रम भएको बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथी एवं गाउपालिका अध्यक्ष सरोज कुमार थापाले भौतिक संरचना,पूर्वाधार भन्दा नागरिकको स्वास्थ्य महत्वपूर्ण भएकोले
स्वास्थ्यमा प्रतक्ष र दुरगामी प्रभाब पार्ने राम्रा कार्यक्रमलाई गाउपालिकाले प्रभाबकारीताका साथ अगाडी बढाएको बताउनु भयो ।
प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पाण्डेयले कार्यक्रम हरु प्रबिधी मैत्री बन्दै गएको र गुल्मीदरबार गाउपालिकामा स्वास्थ्यका कर्मचारी प्रयाप्त रहेको बताउनु भयो । १५ सैयाको अस्पताल निर्माणले तिब्रता लिएको बताउनु भयो ।
गाउपालिका उपाध्यक्ष तरा थापाले स्वास्थ्यका क्षेत्रमा गाउपालिकाले राम्रो प्रगति गरेको बताउदै खुसी ब्यक्त गर्नु भयो ।
स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपती आचार्यले गुल्मीदरबार गाउपालिकाले बिगत ३ बर्ष देखि उदाहरणिय कार्यक्रम अगाडी बढाएको र त्यस मध्ये कस्तो छ आमा,साथी शिक्षा लगायतका कार्यक्रमको प्रसंसा गर्नु भयो ।
सु-आहाराका पोषण अधिकृत लिल बहादुर नेपालीले बिगतका बर्ष देखि नै गाउपालिकाले पोषणका क्षेत्रमा राम्रो काम गरेको बताउनु भयो ।
गाउपालिकाको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले कार्यक्रमो सहजीकरण गर्दै,गाउपालिकाको स्थापना देखि आर्थीक बर्ष ०७८/७९ सम्मको उपलब्धी र चुनौतीका बिषयमा जानकारी गराउदै, आगामी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । कस्तो छ आमा कार्यक्रम, जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सिबिर, साथी शिक्षा लगायतका आगामी कार्ययोनामा रहेको समेत जानकारी गराउनु भयो ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख हरु डिल बहादुर थापा, बिमला ढेगा, रोषन घर्ती, इन्दु घम, मदन कुमार श्रेष्ठ, मिना पाण्डेय र जुनकला बस्नेतले स्वास्थ्य चौकीको प्रतिबेदन सार्वजनिक गर्दै गाउपालिकालाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी एलिना खड्काले स्वागत गर्नु भएको थियो ।