प्युठानमा जीप दुर्घटना:एक महिलाको मृत्यु,१४ जना घाईते

श्रावण-१४,२०७९
स्वर्गद्वारी नगरपालिका-४ प्युठान।
प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा आज शनिवार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ।

स्वर्गद्वारी बाट भिङ्ग्री तर्फ आउंदै गरेको लु३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया ठाकुरको घटनास्थल मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाईते भएका छन। त्यस मध्ये ९ जनाको अबस्था गंभीर छ ।

घाईतेहरुलाई प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो।

रुपन्देहिको सिद्धार्थ नगर नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानिय जीप रिजर्व गरेर हिजो शुक्रवार दर्शनका लागि स्वर्गद्वारी पुगेका थिए।

जीपमा १७ जना सवार थिए।

ब्रेक नलागेर जीप दुर्घटनामा परेको प्रहरीको अनुमान छ।