चुरामणि तिमिल्सिना
श्रावण-१६,२०७९
रुरु क्षेत्र गाउँपालिका ४ गुल्मी ।
रेन्बो ईङ्गलिस बोर्डिर्ङ स्कुल रुरु क्षेत्र गाउँपालिका गुल्मीले कक्षा ८ का बिद्यार्थीको प्रथम त्रैमासिक परिक्षाको नतिजा विशेलषण कार्यक्रम हिजो सम्पन्न गरेको छ ।
विद्यार्थी अभिभावक र विषयगत शिक्षकहरुका बिच अन्तरक्रिया कार्यक्रम गरिएको विद्यालयले जनाएको छ।
बोर्डिर्ङ स्कुलका प्रधानाध्यापक योजन खत्रीले कार्यक्रम माथी प्रकाश पार्दै गुणस्तरीय नतिजा ल्याउन ,बिद्यार्थीको कमजोरीपन तथा सफल पक्षको जानकारी गराउन,विद्यार्थीलाई मोबाइलबाट टाढा राख्न बिद्यार्थीहरु माथिल्लो तहसम्म पुग्दा नतिजामा कमि हुन नदिन कार्यक्रमको आयोजना गरिएको प्रकाश पार्नु भयो।
विशलेषण कार्यक्रममा अविभावक मिना पुन र विद्यालयका शिक्षक तथा अभिभावक तिर्थ लाल श्रेष्ठले यो कार्यक्रम अभिभावक र विद्यार्थीका लागि बहुउपयोगी भएकोले आगामी दिनहरुमा समेत हरेक तहका विद्यार्थीका अभिभावक शिक्षक र विद्यार्थी बिच आवश्यक रहेकाले कार्यक्रम प्रभावकारी भएको बताउदै विद्यार्थीहरुले मोबाइल बढी प्रयोग गरेकाले यस लाई न्यूनीकरण गर्न अन्य विधि अपनाउनु पर्ने सन्दर्भमा कार्यक्रममा चर्चा गर्नु भएको थियो ।
बोर्डिङले यस्तै कार्यक्रम गत बुधबार कक्षा १० का विद्यार्थी,अभिभावक र शिक्षक बिच पनि गरेको प्रधानाध्यापक खत्रीले बताउनु भयो।
कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक यज्ञ प्रसाद ज्ञवाली र सिर्जना कमल अर्यालले गर्नु भएको थियो ।