वडा स्तरीय क्रिकेट प्रतियोगिता देखि सुरु

चुरामणि तिमिल्सिना
श्रावण-१६,२०७९
रुरुक्षेत्र गाउँपालिका -५ बम्घा गुल्मी ।
रुरुक्षेत्र गाउँपालिका -५ बम्घामा रहेको टाहाटिम युवा क्लवको आयोजनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता ध्यूबेशी खेल मैदानमा हिजो देखि सुभारम्भ भएको छ।

कार्यक्रममा प्रमुख अतिथी रुरु क्षेत्र गाउँपालिका कि नि.वर्तमान कार्यपालिका सदस्य तथा सामाजिक अभिन्यता अन्जु कंडेल रहनु भएको थियो।
कार्यक्रममा ब्याटिङ गर्दै प्रमुख अतिथी कंडेलले उत्घाटन गर्नु भएको थियो ।

उत्घाट्न सत्रमा आफ्नो धारणा राख्दै प्रमुख अतिथी कंडेलले युवा वर्गहरु खेल जगतमा अत्यन्त मेहेन्तका साथ लागेर जीवन नै समर्पण गरेर देश तथा विदेशमा नाम कमाउन सफल भएकोले थप अझ स्थानीय सरकारले हरेक खेल हरुका निम्ति बजेट नै बिनियोजन गरी खेलाडी हरु लाई प्रशिक्षण दिन सके थप पालिकाको गहना थपिने बताउनु भयो ।

उहाँले खेलाडीहरु लाई थप हौसला प्रदान गर्नकार्यक्रम को लागि द्यितीय पुरस्कार वापत् रु. दश हजार समेत सहयोग गरेको बताउनु भयो।

कार्यक्रममा खेल संयोजक कमल गिरिको अध्यक्षता रहेको थियो ।

समारोहमा कलबका अभिभावक पदम श्रेष्ठ ,खेल प्रेमी बिमल ज्ञवाली,दानु श्रेष्ठ अतिथी रहनु भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले युवा हरुले हरेक प्रकारका खेलहरु सिक्न अति आबस्यक रहेकाले खेल मैदान्को बिकास यस्तै प्रशिक्षकको ब्यबस्था तथा खेलाडी लाई पालिकाले प्रोत्साहन गरेमा मात्र खेल जगतमा युवाको रुचि बढ्ने बताउनु भयो ।

कार्यक्रममा २० टिमको सहभागीता रहने छ।

प्रतियोगितामा प्रथम हुने लाई नगद रु. २० हजार,जिन्सी पुरस्कार र द्यितीय हुने समूह लाई नगद रु. दश हजार र जिन्सी पुरस्कारको ब्यवस्था गरिएको क्लवका अविभावक पदम श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रमको सञ्चालन क्लवका सचिव पवन गिरिले गर्नु थियो ।