गुल्मीदरबारमा गत आ.वको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न-आर्थिक वर्ष सफल र प्रभावकारी रहेको निष्कर्ष

टोपराम केसी
श्रावण-१७,२०७९
गुल्मीदरबार गाउँपालिका गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाको आ.व ०७८/०७९ को वार्षिक समीक्षा कार्यक्रम हिजो सम्पन्न भएको छ ।

गाउँपालिकाको सभाहलमा भएको समीक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष सरोज कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

यस्तै समीक्षा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगा,नेकपा एमाले गुल्मीदरवार गाउँकमिटीका अध्यक्ष कृष्ण खनाल,नेपाली काङ्ग्रेस का गाउँकमिटीका सभापति प्रेम पुन,नेकपा माओवादी मेन्द्रका शेर बहादुर सर्तुङ्गे,राजमो का झविलाल सर्तुङ्गे,र नेकपा एकीकृत समाजवादीका नगेन्द्र किरण ठकुरी लगाएतका विशिष्ट व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो।

कार्यम्रममा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मण पाण्डेले गत आर्थिक वर्षको आर्थिक तथा भौतिक प्रगति वारेमा वार्षिक प्रतिवेदन पेस गर्नु भएको थियो।

समग्र शाखामा भएमा गतिविधिका सम्वन्धमा सम्वन्धित शाखा प्रमुख तथा वडागत गतिविधिका सन्दर्भमा सम्वन्धित वडामा कार्यरत वडा सचिव हरुले प्रस्तुती राख्नु भएको थियो।

कार्यक्रममा एक वर्षमा भएको समग्र गतिविधि,वजेट खर्च तथा प्रगति बारे समीक्षा गरिएको थियो।

समग्रमा सो अघिल्लो आर्थिक वर्षको नीति कार्यक्रम तथा वजेट अनुसार विविध कारणले केही कार्यक्रम सञ्चालन गर्न नसकिए पनि आर्थिक वर्ष सफल र प्रभावकारी रुपमा सम्मन्न भएको समीक्षा कार्यक्रमको निष्कर्ष रहेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पाण्डेले बताउनु भयो।

कार्यममा मार्फत गाउँपालिका अध्यक्ष थापासँग प्रमुख प्रसाशकीय अधिकृत पाण्डे र विभिन्न शाखाका शाखा प्रमुखहरुले प्रसाशकी अधिकृत पाण्डे समक्ष कार्य सम्पादन करार सम्झौता गर्नु भएको थियो ।

चालू आर्थिक वर्ष २०७९/०८०का निती तथा कार्यक्रमहरुको प्रभावकारी रुपमा सञ्चालन र कार्यान्वयन गर्न उक्त सम्झौँता गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डे बताउनु भयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाको स्वागत मन्तव्य रहेको थियो।