टोपराम केसी
श्रावण-१८,२०७९
रुरु क्षेत्र गाउँपालिका -४ वलेटक्सार गुल्मी ।
रेन्बो ईङ्गलिस बोर्डिङ रुरु क्षेत्र गाउँपालिका ४ वलेटक्सार गुल्मीले एक कार्यक्रमका वीच विद्यालय परिसरका विपन्न परिवारहरुलाई राहत स्वरुप विभिन्न खाद्यान्न सहयोग गरेको छ।
विद्यालयमा अध्ययन विद्यार्थी तथा कार्यरत शिक्षकहरुले आफ्नो जन्म दिनका अवसरमा अतिरिक्त खर्च कटौटी गरि ” Birthday Fund” खडा गरेका थिए।
सामाजिक उत्तरदायित्व वहन गर्ने हेतुका साथ उक्त फन्ड खडा गरिएको विद्यालयका प्रिन्सिपल योजन खत्रीले बताउनु भयो।
सोही अनुसार हिजो एक कार्यक्रमका विच सोही फन्डमा वचत गरिएको रकम मार्फत आवश्यक सामाग्रीहरु खरिद गरि विद्यालय सेरोफेरोमा वसोवास गर्दै आएका विपन्न परिवारहरुलाई सहयोग स्वरुप दाल,चामल,तेल लगाएतका विभिन्न खाद्यान्न वितरण गरिएको प्रिन्सिपल खत्रीको भनाई छ।
साथै विद्यालयले आफुहरुलाई सहयोग गरि दीन दुखी:हरुको वास्तविक मर्मलाई वुझी सामाजिक सद्भाव कायम गरेको वताउँदै सहयोग लिएकाहरुले विद्यालय परिवारलाई धन्यवाद दिदै भोलीका दिनमा समेत विद्यालयवाट सोही अनुसारका सहयोग पाउने अपेक्षा गरेका थिए ।
उता स्थानीय जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरुले पनि उदाहरणीय एवम् जनहितको कार्य विद्यालयले गरेको उल्लेख गर्दै आगामी दिनहरुमा समेत निरन्तरता दिन आग्रह गरेका थिए ।
विद्यालयले लामो समय देखि सामाजिक सद्भाव ,सहिष्णुता तथा उत्तरदायित्व वहन गर्ने हेतुका साथ यस्ता उदाहरणीय एवम् जनहितका क्षेत्रमा विभिन्न उल्लेख्य कार्यहरु गर्दै आएको स्थानीयहरुको प्रतिक्रिया छ।