पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति त्यागौंः उपाध्यक्ष पौडेल
जीवराज आश्रितले अपनाएको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक
केशव भयडारी
बुटवल, १८ साउन ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताउनु भएको छ । जिवराज आश्रितको ७९ औ जन्मजयन्तीका अवसर पारेर जिवराज आश्रित प्रतिष्ठानले गरेको समृद्ध नेपाल सुखी नेपालीको सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण विषयक बुधबार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै पौडेलले पद प्राप्ती नै सबैथोक हो भन्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा लागेकाहरुले त्याग्नुपर्ने बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उहाले पदका लागि नै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको दावी गर्नुभयो । उहाले “कम्युनिष्ट पार्टी विभाजित हुनुमा दलीय लालचा बाहेक अरु केही नभएको र, शक्तिशाली अवस्थामा पुगेको कम्युनिष्ट पार्टीलाई पदका लागि विभाजन गर्नु दुर्भाग्यपूर्ण भएको उहाले बताउनुभयो । नेता पौडेलले स्वर्गीय आश्रितबाट अहिलेका समकालीन नेताहरुले त्याग र र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको पनि बताउनु भयो । “जिवराजका बहुआयामिक योगदान रहेको बताउदै उहाले कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले उहाँबाट त्याग र विचारको राजनीति सिक्नुपर्छ, तबमात्रै कम्युनिष्ट पार्टीले लिएको लक्ष्य र उद्देश्य पूरा हुन उहाको भाई रहेको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अचलराज पाण्डेले समृद्ध नेपाल सुखी नेपालीको सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै उहाले अहिलेको पुस्ताले उहाँका योगदानबारे थाहा पाउन र बाटो पछ्याउन आवश्यक रहेको बताउनुभयो । मुलुकको आर्थिक अवस्था र समुन्नत समाज निर्माणका लागि आश्रितले अपनाएको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उहाको भनाई छ । कार्यपत्रमाथि टिप्पणी गर्दै युवा विश्लेषक तथा प्राध्यापकद्वय माधव पौडेल र हुमराज भुसालले स्वर्गीय आश्रितको अर्थराजनीतिप्रतिको दृष्टिकोणलाई अहिलेको राजनीतिक नेतृत्वले कार्यान्वयन गर्न सक्ने हो भने मात्रै पनि मुलुक समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनु भएको थियो ।कार्यक्रममा जीवराज आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरे,नेताहरुले मदन भण्डारी र जिवराज आश्रितलाई एउटै नजले हेर्न नसकेको मा चिन्ता ब्यक्त गर्नुभयो । उहाले पार्टिलेनै विभेद गरेका कारण मदन भण्डारीलाई पुर्वमा र आश्रितलाई लुम्विनि सिमित नगरेर आम नेपालिको माझमा पुराउनु पर्ने बताउनु भयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी कुशल संगठक आश्रितको जिवन शैलि र उहाले अपनाएको वाटोनै कम्युनिष्ट पार्टीको मर्म भएकाले भावि पुस्तामा जिवराज आश्रितको ब्यक्तीत्व को विचार हस्तान्तरण गर्न सवै लाग्नु पर्ने बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेनाले आश्रितको जिवन शैलिको को अनुकरण र कृतित्वको रक्षा गर्दै आम नेपालियुवा पुस्तामा हस्तान्तरण गर्ने र रचनात्मक ढंगबाट प्रतिष्ठानलाई अगाडि बढाउन आफुहरु लागि पर्ने बताउनु भयो । उपाध्यक्ष युवराज घिमिरे, महासचिव कल्पना थापा, युवा विश्लेषक डा. सागर न्यौपाने लगायतले आश्रितको योगदानबारे चर्चा गर्नु भएको थियो ।