गठबन्धनका शीर्ष नेताहरु बिच मंसिर ४ गते चुनाव गर्ने सहमती

गठबन्धनका शीर्ष नेताहरु बिच मंसिर ४ गते चुनाव गर्ने सहमती
साउन १९

काठमाडौं ।
आगामी मंसिर ४ गते चुनाव गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् ।
गठबन्धनका शीर्ष नेताहरु सहमत भएसँगै १९ गते बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने बैठकमा सहभागी एक नेताले बताएका छन् ।

यसअघि निर्वाचन आयोगले सरकारलाई मंसिर २ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । तर, केही दिनअघि प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाले मंसिर ४ मा निर्वाचन घोषणा हुनसक्ने बताएका थिए ।

गठबन्धनका नेताहरुबीच यही संसद अधिवेशनबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गर्ने सहमति पनि जुटेको छ । त्यसपछि संसद अधिवेशन अन्त्य हुनसक्ने बताइएको छ ।