टोपराम केसी
श्रावण-१८,२०७९
रिडी,गुल्मी ।
रुरु धार्मिक सेवा सञ्चार प्रा.लि र कालीगण्डकी पोस्ट डट्कमको आयोजनामा आउँदो श्रावण २५ गते देखि दोस्रो रुरु काली गण्डकी अनलाइन तिज नृत्य प्रतियोगिताको सुभारम्भ हुँदै छ।
रुरु क्षेत्र धाममा प्रधान कार्यालय राखेर विभिन्न कार्यक्रम गर्दै आएको प्रा.लिले यस वर्ष पनि बिगतका वर्षहरुमा जस्तै सामाजिक सञ्जालबाट खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने प्रा.लिका अध्यक्ष चुरामणि तिमिल्सिनाले बताउनु भयो।
गाउँमा लुकेका प्रतिभाहरु लाई सामाजिक सञ्जाल मार्फत् प्रचार-प्रसार गर्न र नयाँ नया खोजी प्रतिभाको विकास कला सस्कृतीको संरक्षण मौलिक प्रतिभालाई स्थान दिन,बिगतका दिनमा गरिएको कार्यक्रमले निकै नै सफलता प्राप्त गरेकोले विगत वर्ष जस्तै यस वर्ष पनि यो कार्यक्रमको आयोजना गर्न लागीएको तिमिल्सिनाको भनाइ छ ।
उता महिला हरुको महान पर्व हरितालिका तिजको अवसर पारेर आउदो २५ गते कार्यक्रमको उद्घाटनसँगै भाद्र ९ सम्म कार्यक्रम सञ्चालन गरिने र तिज कै आसपासमा नतिजा प्रकासन प्रसारण पनि गरिने कालीगण्डकी पोस्टका सम्पदाक यम सोमैले जानकारी दिनु भयो।
अनलाइन तिज कार्यक्रममा सहभागी सबै लाई प्रमाण पत्र समेत बितरण गरिने र विभिन्न विधाका पुरस्कारहरु राखी कार्यक्रमलाई अझ प्रभावकारी रुपमा सञ्चालन गरिने आयोजकको भनाइ छ।
यस्तै मौलिक प्रतिभालाई मध्यम नजर गरि विशेष पुरस्कर प्रदान गरिने,नतिजाका आधारहरु पनि केही दिनमा सार्वजनिक गरिने रुरु सञ्चार अनलाइन खवरका सम्पादक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो।