श्रावण-२१,२०७९
चुरामणि तिमिल्सिना,
रुरुक्षेत्र गाउँपालिका गुल्मी।
रुरुक्षेत्र गाउँपालिका गुल्मीलको अघिल्लो आर्थिक वर्ष २०७८०७९ को वार्षिक प्रगती समिक्षा कार्यक्रम हिजो सम्पन्न भएको छ ।
समिक्षा कार्यक्रममा गाउँपालिका भित्रका सबै वडाले गरेका वार्षिक काम तथा प्रगति एवम् समस्यालाइ कार्ययोजनाका रुपमा प्रस्तुत गरिएको थियो।
गाउँपालिका भित्रका सम्पुर्ण वडाहरुको वार्षिक प्रतिवेदनका अधारमा हेर्दा बसाई-सराइमा वृद्धि भएको ,योजना सम्पन्न गर्न सहज नभएको ,उपभोक्ता समितीमा बस्न नमान्नु ले योजना सम्पन्नमा ढिलाइ,उपभोक्ताले तालिमलाई व्यवहारमा लागू नगर्दा समस्या भोग्नु परेको कार्यक्रममा वडा न १ का वडा सचिव राम प्रसाद ज्ञवालीको विश्लेषण थियो।
यस्तै समिक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख हरुले गरेका कामको प्रगती विवरण, काम गर्ने तरिका ,तथा शैली, वर्षभरी गर्ने कामको तयारीका विषयमा समेत चर्चा गरिएको थियो।
गाउँपालिकाको शभाहलमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली,उपाध्यक्ष मिना गौतम, प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडयाल,सबै वडाका वडा अध्यक्षहरु,कार्यापालिकाका सदस्य,पत्रकार,अन्य कर्मचारीको सहभागीता रहेको थियोे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच कार्य सम्पदान सम्झौता भएको छ ,भने पालिका अध्यक्ष र वडाका अध्यक्षका बिचमा पनि कार्य सम्पादन सम्झौता समेत सम्पन्न भएको भएको छ।
सम्झौता गर्न वाँकी रहेका विभिन्न साखाका प्रमुखहरुले प्रमुख प्रसाशकीय अधिकृत पौडयालसँग सम्झौता हुने समेत जनाइएको छ।
समिक्षा कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले विकासका योजनाहरु लाई ढिला सुस्ती नगरी समयमा सक्ने,काममा अटेर गरी भुक्तानी लिन आउनेलाई निकासा नदिने ,कर्मचारी प्रशासन लाई चुस्त दुरुस्त राख्ने ,भएका समस्यालाई क्रमैसँग आवश्यकता वमोजिम पूरा गर्ने,बेरुजु न आउने तरीकाले कार्यसम्पादान गर्ने ,शिक्षा स्वास्थ सरसफाइ,बजार अनुगमन जस्ता विषयमा जनता लाई सजकता जस्ता विषयमा चनाखो बनाउनका लागि आफ्नो सकृयतामा कहिल्यै कमी नआउने उल्लेख गर्दै सो कार्यमा प्रतिबद्धता जनाउनु भयो।
कार्यक्रमको सहजीकरण गाउँपालिकाका कर्मचारी दामोदर ज्ञवालीले गर्नु भएको थियो ।