श्रावण-२५,२०७९
छत्रकोट गाउँपालिका-४ श्रृंगा,गुल्मी।
आइ.एम.ई लाइफ इन्सोरेन्स कम्पनी लि.गुल्मीले आफनो ५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।
हिजो मंगलबार छत्रकोट गाउँपालिका ४ को श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा नि:शुल्क आँखा चेकजाँच तथा औषधी वितरण गरि वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा गुल्मी एरियाका एरिया प्रमुख खुम लाल अर्यालको अध्यक्षता, तथा छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीको प्रमुख आथित्यता एवम् वडा नम्बर ४ का वडाध्यक्ष गुणाकर ज्ञवालीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले नाफाको केही प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक क्षेत्रमा सहयोग गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो ।
यस्तै छत्रकोट गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गुणाकर ज्ञवालीले आँखा उपचारको पहुँच भन्दा टाढा रहेको स्थानमा नि:शुल्क आँखा शिविर संचालन गरेकोमा वडाको तर्फबाट धन्यवाद दिनु भयो ।
कार्यक्रममा बोल्दै, एरिया प्रमुख खुम लाल अर्यालले अझै पनि केही मानिसहरु बिमा कार्यक्रमको पहुँच भन्दा बाहिर रहेकोले बिमा दायरा भित्र ल्याउनु पर्नेमा जोड दिनु भयो ।
हिजो सञ्चालित शिविर बाट २७१ जना लाभान्वित भएका छन् ।
जिल्ला आँखा उपचार केन्द्र गुल्मीका कार्यालय प्रमख सूर्य बहादुर बस्नेतको नेतृत्वमा ४ जनाको स्वास्थ्य टोलीले शिविर सम्पन्न गरेको हो ।
कार्यक्रमको संचालन आइ.एम.ई लाइफ इन्सोरेन्स कम्पनी लि.गुल्मीका शाखा प्रमुख विमल छन्तेलले गर्नु भएको थियो ।