चुरामणि तिमिल्सिना
श्रावण-२७,२०७९
अर्गली,पाल्पा ।
नेपाल महिला संघ अर्गली पाल्पाको तिज मिलन कार्यक्रम हिजो सम्पन्न गरेको छ ।

महिला संघ अर्गली पाल्पाकी अध्यक्ष चन्द्रकला खनालको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगर पालिकाका नगर प्रमुख सन्तोस लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा नगर उपप्रमुख प्रतीक्षा सिङजाली,नेपाली कांग्रेुका जिल्ला सचिव सुनिता अधिकारी ,अर्गली पार्र्टी सभापती दधिराम न्यौपाने,महिला संघ जिल्ला सभापती गङ्गा पौडेल ,पार्टी,प्रेमी माधव नेपाल,केन्द्रिय सदस्य रमा पन्थ,गिता भट्टराई, सुमित्रा राना,रेखा रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले चार्डपर्वहरु मनाउदा आफ्नो शक्ति अनुसार मनाउन,पर्वलाई भट्किलो नबाउन भन्दै तिजको पर्वको शुभकामना समेत व्यक्त गर्नु भयो ।

सीता ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कमला बास्तोलाले गर्नु भएको थियो ।
