श्रावण-३१,२०७९
काठमाडौं ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समय आज सकिदैँ छ।
एक दिनको समय बाँकी रहँदा चुनावमा लड्न ६२ दलको निवेदन आयोगमा परेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले हिजो जानकारी दिए। उनका अनुसार हिजाृे सम्ममा नेपाली कांग्रेस बाहेकका राष्ट्रिय मान्यता प्राप्त दलहरु सहित ६२ दलले चुनावमा सहभागी हुन निवेदन दिएका हुन्।
सत्तारुढ दल नेपाली कांग्रेस दल दर्ताको निवेदन सहित आज आयोग पुग्ने तयारी गरेको छ। उता सत्तारुढ घटक अर्को दल नेकपा माओवादी केन्द्रले भने हिजै निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएको छ।
माओवादी नेता लीलामणि पोखरेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोर प्रसाद उपाध्याय लगायतका नेताहरु आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका हुन्।
यस अघि हिजो माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र पूर्वप्रधान मन्त्री डा.बाबुराम भट्टराई बीच माओवादी र नेपाल समाजवादी एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भएको थियो।
दुई पार्टीले एउटै चुनाव चिन्ह प्रयोग गर्न फेरि निर्णय गर्नु पर्ने भएकाले त्यसको गृहकार्य भइ रहेको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव उपाध्यायले बताए।
निर्वाचन आयोगले आसन्न प्रदेशतथा प्रतिनिधि शभा सदस्य निर्वाचनका श्रावण ३१ गते सम्मका लागि दल दर्ताको समय तोकेको थियो।