भाद्र-४,२०७९
तम्घास, गुल्मी ।
राष्ट्रिय भुमि आयोग गुल्मीमा लालपुर्जाको लागि जिल्लाका १२ स्थानीय तहका दुई हजार ७३ घरपरिवारको सिफारिस परेको छ ।
आयोगले आफ्नो वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै स्थानीय तह बाट डाटा इन्ट्री भएका निवेदनको बारेमा जानकारी गराएको हो ।
भुमिहिन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरी दुई हजार ७३ जनाको निवेदन परेको भुमि आयोग गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए ।
भूमी आयोग गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेका अनुसार १२ स्थानीय तह रहेको जिल्लामा सबै भन्दा धेरै रेसुङ्ग नगरपालिका बाट लालपुर्जाका लागि सिफारिस भएको पाईएको छ ।
यस स्थानीय तह बाट भूमिहीन दलित ४८,भूमिहीन सुकुम्बासी ४४ र अव्यवस्थित बसोबास २८३ गरी ३७५ घरपरिवारको डाटा इन्ट्री भएको छ ।
त्यस्तै मुसिकोट नगरपालिका बाट भूमिहिन दलित तर्फ ४५, भूमिहिन सुकुम्बासी १९ र अव्यवस्थित बसोबास एक सय ७२ गरी कुल दुई सय ३६ घरपरिवारको डाटा इन्ट्री हुँदा उता कालिगण्डकी गाउँपालिकाका जम्मा २३ घरपरिवारको डाटा इन्ट्री भएको छ ।
जहाँ भूमिहीन दलित ५,भूमिहीन सुकुम्बासी ११ र अव्यवस्थित बसोबास ७ घरपरिवार रहेका छन ।
यस्तै सत्यवती गाउँपालिकामा भूमिहिन दलित १२,भूमिहीन सुकुम्बासी १४ र अव्यवस्थित बसोबास ३२ गरी ५८ घरपरिवारलाई लाल पुर्जाको लागी सिफारिस गरेको छ ।
रुरुक्षेत्र गाउँपालिकामा भूमिहिम दलित १०,भूमिहीन सुकुम्बासी २८ र अव्यवस्थित बसोबास १४७ गरी १८५ घरपरिवार सिफारिस हुँदा चन्द्रकोट गाउँपालिका बाट जम्मा ८५ घरपरिवार सिफारिसमा परेका छन । जहाँ भूमिहिम दलित २५,भूमिहीन सुकुम्बासी १७ र अव्यवस्थित बसोबासका १९ घरपरिवार रहेका छन् ।
यता छत्रकोट गाउँपालिकामा भूमिहीन दलित ८,भूमिहीन सुकुम्बासी १३ र अव्यवस्थित बसोबास १२८ गरी एक सय ४९ घरपरिवार सिफारिसमा परेका छन ।
मदाने गाउँपालिका बाट २० भूमिहिन दलित,१३ भूमिहिन सुकुम्बासी र ५४ अव्यवस्थित बसोबास सहित ८७ घरपरिवारको सिफारिस परेको छ ।
त्यस्तै गुल्मी दरबार गाउँपालिकामा भूमिहीन दलित १०,भूमिहीन सुकुम्बासी १९ र अव्यवस्थित बसोबास १७ सहित ४६ घरपरिवार सिफारिसमा परेका छन् ।
धुर्कोट गाउँपालिका बाट भूमिहिम दलित ४५,भूमिहिन सुकुम्बासी ४ र अव्यवस्थित बसोबास २३७ गरी २८६ घरपरिवार लालपुर्जाको लागी सिफारिसमा परेका छन ।
इस्मा गाउँपालिकामा भूमिहीन दलित १५,भूमिहीन सुकुम्बासी २५ र अव्यवस्थित बसोबास १९१ गरी २३१ घरपरिवार सिफारिसमा परेका छन् ।
त्यस्तै मालिका गाउँपालिका बाट भूमिहिन दलित ३३, भूमिहीन सुकुम्बासी २४ र अव्यवस्थित बसोबास २७९ गरी ३३६ घरपरिवार सिफारिसमा परेका छन ।
सिफारिसमा परेका दुई हजार ७३ घरपरिवारलाई राष्ट्रिय भुमी आयोग गुल्मीले थप छानबिन गरि लालपुर्जा वितरणको कार्य अगाडि बढाउइने भूमी आयोग गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेको भनाइ छ ।