कालिदास आत्रेय
भाद्र-८,२०७९
छत्रकोट गाउँपालिका-६ दौंघा,गुल्मी।
नेपाल राष्ट्रिय मा.वि छत्रकोट ६ दौंघा गुल्मीको ६५ अौँ वार्षिक उत्सव समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
तीन दिन सम्म सञ्चालित वार्षिकोत्सब कार्यक्रममा अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता,तिजगित प्रतियोगिता ,वक्तृत्वकला प्रतियोगिता र एथलेटिक्स प्रतियोगिता लगाएतका कार्यक्रमहरु सञ्चालन गरिएका थिए।
कार्यक्रमको अन्तिम दिन आज विभिन्न कार्यक्रमहरु सहित विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट प्रतियोगिका साथै नर्सरी देखि कक्षा १० सम्म का प्रथम ,द्वितीय,र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।
सोही अवसरमा विद्यालयमा स्थापित विभिन्न विभित्र अक्षय कोषहरुवाट नगद पुरस्कार,प्रमाणपत्र र मेडल समेत वितरण गरिएको थियो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरु,र शिक्षकहरुले समेत विचविचमा आकर्षक नृत्यहरु प्रस्तुत गर्दा कार्यक्रम थप रोचक वनेको थियो।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लोक बहादुर ज्ञवालीको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे्य रहनु भएको थियो।त्यस्तै विशिष्ट अतिथिहरुमा सामाजिक विकास समितिका संयोजक एवम् वडा नं.४का वडाअध्यक्ष गुणाकर ज्ञवाली र वडा नं.६ का वडा अध्यक्ष नारायण रेश्मी रहनु भएको थियो।
शिक्षक माधव प्रसाद घिमिरेको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा आदर्श आधारभुत विद्यालयका प्र.अ कमल घिमिरे,दौंघा हरी प्रा.विका प्र.अ कालिदास आत्रेय,जनता मा.विका प्र.अ शिर वहादुर वुढाथोकी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण ज्ञवालीले समग्र विद्यालयको भौतिक,आर्थिक एवम् शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि पाण्डे्यले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक,विद्यार्थी र अभिभावक एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भयो।
उहाँले विद्यालयको शैक्षिक र भौतिक पक्षको विकासका लागि गाउँपालिका हर प्रहर प्रतिवद्ध रहेको समेत उल्लेख गर्नु भयो।
कार्यक्रम शिक्षक द्वय युवराज काफ्ले र भरत थापाको सञ्चालनमा सम्पन्न भएको हो।