चुरामणणि तिमिल्सिना
भाद्र-१०,२०७९
रुरु क्षेत्र गाउँपालिका-६ रिमुवा गुल्मी ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं ६ रिमुवाले नवनिर्मित भवन मार्फत सेवा प्रवाह प्रारम्भ गरेको छ।
हिजो एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी यदु ज्ञवालीले उद्घाटन गरे सँगै वडाले हिजो देखि नै नवनिर्मित वडा कार्याल भवन मार्फत सेवा प्रवाह सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष ज्ञवालीले रिबन काटी ब्यानर अनाबरण गर्दै त्रिकन्या लाई टीका ग्रहण गराइ नवनिर्मित वडा कार्यालय भवनको उत्घाटन गर्नु भएको थियो ।
प्रदेश सरकार र रुरु क्षेत्र गाउँपालिकाको करिब ४९ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको वडा नं.६ का वडा अध्यक्ष रोमनाथ पौडेल ले जानकारी दिनु भयो।
वडा अध्यक्ष पौडलका अनुसार हिजो देखि नै वडा कार्यालले मुस्कान सहित सेवा प्रवाह गर्ने,सेवाग्राहीलाई काममा लामो समय नल्जाउने जस्ता काम कार्यालबाट सिघ्र,गुणस्तरीय ,तथा प्रभावकारी रुपमा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिना देबि गौतम,प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्याल,वडा नं.२ का वडा अध्यक्ष घनश्याम अर्याल,वडा नं.३ का वडा अध्यक्ष शेष नारायण पौडेल,वडा नं. ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ,वडा नं. ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हरि प्रसाद ज्ञवाली ,कार्यापालिका सदस्य बुद्दि मति लामीछानेको विशिष्ट आतिथ्यता रहेको थियो।
समारोहमा राजनैतिक दलका प्रतिनिधि, स्वास्थ स्वयम सेविका,समाज सेवी,वौद्धिक वर्ग,पत्रकार,महिला समूह,लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष ज्ञवालीले रुरु क्षेत्र गाउँपालिकाले विकासका संरचनाहरु निर्माण गर्दा पालिका र प्रदेश सरकार ले गर्दै आएका स्थानीय खानेपानी,सडक पुर्वाधार,विद्युत,शिक्षा,स्वास्थ,महिला उद्यमी लगायतका कार्यक्रमहरु प्राथमिकताका साथ अगाडी बढाएको उल्लेख गर्दै केन्द्र सरकारसँग समेत थप बजेटको माग गरिरहेको बताउनु भयो।
वडा सचिव हरि ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन केशव ज्ञवाली गर्नु भएको थियो ।