टोपराम केसी
भाद्र-११,२०७९
रुरु क्षेत्र गाउँपालिका-६ रिमुवा गुल्मी।
नेपाल रेडक्रस सोसाइटी रुरु क्षेत्र गाउँपालिका उपशाखाको आयोजना तथा जनज्योति मा.वि रुरु क्षेत्र गाउँपालिका-६ रिमुवा गुल्मीको आतिथ्यतामा गाउँपालिका स्तरीय जुनियर युवा गोष्ठी हिजो सम्पन्न भएको छ।
गोष्ठीको उद्घाटन सत्रमा उपशाखाका सभापति वामदेव ज्ञवालीको अध्यक्षता एवम् रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो।
यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम,प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल,गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं.३का वडाध्यक्ष शेषनारायण पौडेल,वि.व्य.सका अध्यक्ष तथा वडा नं.६का वडाध्यक्ष रोमनाथ पौडेल ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका पुर्व उपसभापति तथा कार्यसमितिका सदस्य अनन्तराम पौडेल,जिल्ला कार्यसमितिका सदस्य टंक पन्थ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अधिकृत कृष्ण खनाल लगाएतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् रुरु क्षेत्र गाउँपालिका अध्यक्ष ज्ञवालीले विश्वशान्ती,समाजसेवा ,मानव सेवा,एकता,तटस्थता,निष्पक्षता,जस्ता शिद्धान्तह रु अङ्गाल्दै मानव सेवामा समर्पित हुन सवैलाइ प्रेरित गर्नु भएको थियो।
कार्यक्रम मार्फत घनश्याम भण्डारी को नेतृत्वमा ७सदस्यीय गाउँपालिका स्तरीय जुनियर तथा युवा सर्कल कमिटीको समेत गठन गरिएको छ।
जनज्योति मावि का सहायक प्र.अ महेन्द्र गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा का सचिव घनश्याम भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो।