भाद्र-११,२०७९
छत्रकोट गाउँपालिका गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकाले पहिलो पटक गाउँपालिका भरका शिक्षक विद्यार्थी हरुका लागि मोबाइल फोनको प्रयोगमा निशेष गरेको छ।
भदौँ १० गते अर्थात् अस्ती नवगठित गाउँशिक्षा समितिले शिक्षकले कक्षाकोठा भित्र तथा विद्यार्थीहरुलाई विद्यालय हाताभित्र मोबाइल फोन लैजान पुर्णरुपमा निषेध गर्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार हिजो गाउँपालिकाले एक सुचना जारी गरी मोबाइल फोन निषेधको घोषणा गरेको हो।
मोबाइल फोनको प्रयोगका कारण विद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्ष असरपरेको विश्लेषण गरी अस्ती नै वसेको गाउँशिक्षा समितिको पहिलो वैठकले गाउँपालिका भित्र सञ्चालित सम्पुर्ण विद्यालयमा कार्यरत शिक्षक तथा विद्यार्थी का लागि अनिवार्य लागू हुने गरी पुर्ण रुपमा निषेध गर्ने गरि गरेको निर्णय अनुसार हिजो देखि निशेष गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी द्वारा हस्ताक्षरित हिजो जारी सुचनामा उल्लेख गरिएको छ।