चुरामणि तिमिल्सिना
भाद्र-११,२०७९
सत्यवती गाउँपालिका-१ अस्लेवा गुल्मी ।
महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सत्यवती गाउँपालिका-१ अस्लेवा गुल्मीमा रहेको जनता माध्यमिक विद्यालयमा साप्ताहिक कार्यक्रम अन्तर्गत सदनात्मक तिजगित नृत्य प्रतियोगिता हिजो सम्पन्न भएको छ।
यस्तै आफ्नो उज्ज्वल भविष्यलाइ हेर्दै कक्षा ११ मा अध्यन गर्नका लागि भर्ना भएका ४० जना नयाँ विद्यार्थीहरुलाई खादा ओढाएर स्वागत कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज पाण्डेको अध्यक्षता रहेको थियो।
प्रतियोगितामा गित तर्फ मोति राम सदन प्रथम,पारिजात सदन द्दुतिय, भानु भक्त सदन तृतीय र लेख नाथ सदनले सान्त्वना स्थान हासिल गरेको थियो।
यस्तै नृत्य प्रतियोगिता तर्फ भानु भक्त सदन प्रथम पारिजत सदन दुतिय मोतिराम सदन तृतीय मोतिराम सदन र सान्त्वना लेखनाथ सदनले बिजेता बनेको छ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती प्रधानाध्यापक पाण्डेले कला संस्कृती भेष भुसा कलालाई संरक्षण तथा बिकृती बिसङती लाई मौलाउन नदिन यसरी मौलिक प्रतिभा कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक बिष्णु प्रसाद पाण्डेले बिद्यार्थीको प्रतिभा फरक फरक भएकोले प्रतिभा प्रस्तुत हुँदा कार्यक्रम रोचक र उत्कृष्ट भएको बताउनु भयो।
कार्यक्रममा बिजयी टोलिलाइ पुरस्कार बितरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक तिलक काफ्ले गर्नु भएको थियो ।