कालिदास आत्रेय
भाद्र-१२,२०७९
छत्रकोट गाउँपालिका-४ श्रृङ्गा गुल्मी।
छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा गाउँपालिका स्तरीय खुला तिज गित प्रतयोगिता हिजो सम्पन्न भएको छ।
छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे्यको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै विशिष्ट अतिथिहरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी,नि.वर्तमान गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त,नि.वर्तमान गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी रहनु भएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष पाण्डे्यले गाउँपालिका भर लुकेर रहेका प्रतिभाहरुलाइ उजागर गरी मौलिक संस्कार तथा संकृतिको जगेर्ना गर्ने हेतुका साथ गाउँपालिकाले सो प्रतियागिता आयोजना गरेको उल्लेख गर्नु भयो ।
उहाँले नजिकै आउँदै गरेको महिलाहरुको महान पर्व हरीतालिका तिजलाइ मौलिक परम्परा र सु-संकृत तरिकाले मनाउनु पर्नेमा जोड दिंदै सम्पुर्ण गाउँपालिका वासीहरुमा शुभकामना दिनु भयो ।
कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु ,गाउँशभाका सदस्यहरु,नि.वर्तमान वडाध्यक्षहरु,गाउँपालिकामा कार्यरत विभिन्न विषयगत शाखा प्रमुख सहित अन्य सम्पूर्ण कर्मचारीहरु,राजनितिक दलका प्रतिनिधिहरु,पत्रकार ,सुरक्षाकर्मी सहित गाउँपालिका वासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
छत्रकोट गाउँपालिका ४ श्रृङ्गा स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा छत्रकोट गाउँपालिका भित्रका विभिन्न आमासमुह,संघसंस्था र विद्यालयका विभिन्न ९ वटा समुहका सहभागिहरुले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।
जसमा मालिका आमा समूह छत्रकोट-३ हर्दिनेटाले प्रथम स्थान हाँसिल गरि नगद रु.१० हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ।
यस्तै स्ट्रोङ्ग लेडिज क्लव छत्रकोट -४ दिगाम दोस्रो हुँदा सुनौलो आमा छत्रकोट-२ पल्लीकोट समूहले तृतीय स्थान हाँसिल गरेको थियो ।उता सृजनशील आमा समुह छत्रकोट-६ दौंघाले सान्त्वना स्थान प्राप्त गरेको छ।
द्वितीय ,तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने समुहरुले क्रमश रु. आठ हजार,रु. छ हजार तथा रु. ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
साथै कार्यक्रममा सहभागि अन्य समुहलाइ समेत नगद रु.एक हजार र प्रमाणपत्रले सम्मान गरिएको आयोजकले बताएको छ।
कार्यक्रममा श्रृङ्गेश्वर वहुमुखी क्याम्पस रानीवास गुल्मीका क्याम्पस प्रमुख शोभाकर पन्थको संयोजकत्वमा ३ सदस्यीय निर्णाक समितिको प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक गायिका विष्णु पन्तको वेजोड प्रस्तुती समेत रहेको थियो।
बाक्लो जनसहभागिता बिच सम्पन्न कार्यक्रम अत्यन्त रोचक आकर्षक तथा मनोरञ्जक बनेको थियो।
गाउँकार्यपालिका सदस्य सावित्रा वि.कको स्वागत मन्तव्य रहेको कार्यक्रम छत्रकोट गाउँपालिका रोजगार संयोजक शोभा श्रेष्ठ र टोपराम केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।