टोपराम केसी
भाद्र-१२,२०७९
छत्रकोट गाउँपालिका गुल्मी ।
नेकपा (माओवादी केन्द्र) छत्रकोट गाउँकमिटीको विस्तारित वैठक हिजो सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्र छत्रकोट गाउँकमिटीको कार्यालयमा सम्पन्न विस्तारित वैठकमा नेकपा माओवादी केन्द्र छत्रकोट गाउँकमिटीका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षता तथा गुल्मी प्रदेश शभा ‘ख’ का ईन्चार्ज मनिराम ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो।
यस्तै विशेष अतिथिमा प्रदेश ‘ख’ का सचिव रामचन्द्र कंडेल रहनु भएको थियो।
साथै विस्तारित वैठकमा छत्रकोट गाउँकमिटीका उपाध्यक्ष भागवत गिरी,र वडा नं.५ का वडा कमिटीका अध्यक्ष नरेश भण्डारीको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि एवम् प्रदेश शभा ‘ख’ का ईन्चार्ज ज्ञवाली र विशेष अतिथि प्रदेश शभा ‘ख’ का सचिव कंडेलले धारणा राख्नु भएको थियो।
वैठकमा पार्टीको सुदृढीकरण सहित भावी रणनिती तथा कार्यदिशाका विषयमा वृहत बहस समेत भएको प्रदेश ‘ख’ का सचिव रामचन्द्र कंडेलले बताउनु भयो।
साथै बैठकले मंसिर ४ का लागि तय भएको संघिय तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरि पार्टीको संगठन थप सुदृढीकरण गरि जनता समक्ष जाने,पार्टीका उल्लेखय एजेन्डा हरु प्रस्तु गरि पार्टीका उम्मेदवारलाई विजयी वनाउने,यदि पार्टीका उम्मेदवार नरहे पनि गठवन्धनदलका उम्मेदवार लाई विजयी वनाउन भुमिका निर्वाह गर्ने लगाएतका निर्णयहरु गरेको छ।
बिस्तारित बैठक नेकपा (माओवादी केन्द्र) छत्रकोट गाउँकमिटीका सचिव रवि कंडेलको सञ्चालनमा सम्पन्न भएको थियोे ।