भाद्र-१४,२०७९
छत्रकोट गाउँपालिका गुल्मी ।
छत्रकोट गाउँपालिका गुल्मीले नवनिर्वाचित जनप्रतिनिधिहरुको एक सय दिनको कार्यप्रगति हिजो सार्वजनिक गरेको छ।
स्थानीय सञ्चारकर्मीहरुसँग भेटघाट कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले कार्यप्रगति सार्वजनिक गर्नु भएको हो।
एम्बुलेन्स खरिद,पिपलनेटा देखि धरमपानी मोटरवाटो कालोपत्रे,विरबास-कोलधारी मोटरवाटो कालोपत्रे गर्न टेण्डर प्रकृयामा पुर्याइएको ,प्रशासनिक भवनको जग्गा प्राप्तिको प्रकृया अन्तिम चरणमा रहेको,शिक्षा समिति मार्फत विद्यार्थीको सिकाई उपलब्धि वृद्धिका लागि शिक्षक तथा विद्यालयको आचरसंहिता निर्माण तथा न्युनतम विद्युत महशुस छुट सम्वन्धि कार्यविधि तयार गरिसको लगाएतका प्रगति एक सय दिनको अवधिमा गर्न सफल भएको गाउँपालिका अध्यक्ष पाण्डेयले सार्वजनिक गर्नु भएको थियो।
यस्तै भेडुवा हुँगा मोटरबाटो कालोपत्रे गर्ने सम्वन्धमा, सम्वन्धित निकायको ध्यानाकर्षण गराईएको,नि.वर्तमान जनप्रतिनिधिहरुले प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्ति को प्रकृयालाई सम्वन्धित निकाय सम्म नपुर्याएकाले जग्गा प्राप्ती र निर्माणका लागि विलम्ब भएको पनि अध्यक्ष पाण्डेयको भनाइ थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली,सहित सवै वडाका वडा अध्यक्षहरु,गाउँकार्यपालिका सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो।
संचारकर्कीसँगको भेटघाट कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले गर्नुभएको थियो।