टोपराम केसी
भाद्र-१५,२०७९
रुरु क्षेत्र गाउँपालिका-१ रिडी गुल्मी ।
दोस्रो रुरु कालीगण्डकी अनलाइन तिज नृत्य प्रतियोगिता २०७९ को अन्तिम नतिजा हिजो सार्वजनिक गरिएको छ।
९५ जना सहभागीहरु सरिक रहेको प्रतियोगितामा रुरु क्षेत्र गाउँपालिका-३ कि आकृति पोख्रेलले प्रथम स्थान हाँसिल गर्नु भएको छ ।
यस्तै गुल्मीदरवार गाउँपालिका-५ की रेनु र सलिना ढेङ्गगा द्वीतिय हुँदा यता छत्रकोट-४ दिगाम कि शुभेच्छा न्यौपाने तृतीय हुनु भएको छ ।
उता प्रतियोगितामा सहभागि सत्यवति गाउँपालिका-१ अस्लेवा कि बिष्णु बुचा मगरले सान्त्वना स्थान प्राप्त गर्दा तानसेन नगरपालिका-१४ अर्गली पाल्पाकि आसा पाण्डेले पाँचौ स्थान प्राप्त गर्नु भएको आयोजकले बताएको छ।
यस्तै आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट नृत्य तर्फ नवलपरसी कि अनिसा अर्याल विजेता बन्नु भएको छ ।
यस्तै मौलिक प्रतिभा पुरस्कार भने पाल्पा अर्गली स्थित सुवेक्षा राना,र पृया बिक ले हात हात पार्नु भएको छ ।
कार्यक्रममा उमेर हक तर्फ गुल्मीदबार गाउँपालिका कि लक्ष्मी अर्याल र बाल प्रतिभा तर्फ छत्रकोट -४ हाल बुटवल निवासी अग्रिमा पन्थ बिजेता बन्न सफल हुनु भएको आयोजकले बताएको छ ।
रुरु धार्मिक सेवा सञ्चार प्रा.ली रुरु धाम, कालीगण्डकी पोष्ट डट.कम स्याङ्जाको आयोजना र रुरु सञ्चार अनलाइन खबरको मिडिया संयोजनमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा ९५ जना सहभागिहरुको सहभागीता रहेको थियो ।
नतिजा सार्वजनिक गर्दै रुरु सञ्चारका अध्यक्ष तथा सञ्चालक चुरामणि तिमिल्सिनाले स्थानिय स्तरमा लुकेका प्रतिभा लाई उत्थान गर्न प्रतियोगिताको अयोजना गरिएको बताउनु भयो।
आफ्नो कला,भाषा,संस्कृती,रितिरिवाज लाई संरक्षण गर्दै गाउँ टोलमा गाइने तिनै पुरनामौलिक तिज गितहरुलाई संरक्षण गर्न कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ।
तिमिल्सिनाले यस कार्यक्रमलाई सफल पार्न योग्दान दिने , शुभकामना प्रदान गर्ने तथा विभिन्न क्षेत्र बाट प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सवै व्यक्ति एवम् निकायहरुलाइ कृतज्ञता समेत ज्ञापनगर्नु भएको छ ।
कार्यक्रममा सञ्चारका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डेले बिजेता टोलि लाई औपचारिक कार्यक्रमका साथ पुरस्कार बितरण गरिने बताउनु भयो ।
आफ्नो कला गला अनुसार प्रतिभा प्रस्तुत गर्न अग्रसर हुने कलाकार दिदिबहिनी तथा आमाहरु लाई हार्दिक धन्यवाद दिदै प्रतिभा लाई अगाडि बढाउन आगामी दिनहरुमा समेत फरक मोडालिटिमा थप कार्यक्रमहरुको आयोजना गरिने समेत उहाँले बताउनु भयो।
यस्तै कालीगण्डकी पोष्टका कार्यकारी सम्पादक यम सोमैले विगतका वर्ष जस्तै सहभागीहरुको सहभागिता नरहे पनि पनि भिडियोहरु परिमार्जन सहित कार्यक्रममा आउँदा आयोजकलाई धेरै सहज भएको उल्लेख गर्नु भयो ।
उहाँले प्रतिभा राम्रा राम्रा प्रस्तुत भएको बताउदै आगामी दिनहरुमा समेत फरक कार्यक्रमका साथ सञ्चारको टिम लाग्ने बताउनु भयो।
कार्यक्रममा निर्णाक समितिका संयोजकमा गुरु आमा स्मृती तिमिल्सिना रहनु भएको थियो ।
यस्तै सिमा पन्थ र दिपिका थापा समेतको निर्णाक समितिमा प्रतिनिधित्व रहेको आयोजकको भनाइ छ।
कार्यक्रमलाई सम्पादन गर्न भाष्कर मणि खनाल,खुम प्रसाद मरासिनी,इन्दिरा पोख्रेल,राजन आचार्य र कमला पोख्रेलको विशेष भुमिका रहेको थियो ।
उहाँहरुको विशेष योग्दानको कदर गर्दै अध्यक्ष तिमिल्सिनाले धन्यवाद समेत प्रकट गर्नु गर्नु भयो।