टोपराम केसी
भाद्र-१९,२०७९
रुरु क्षेत्र गाउँपालिका -४ वलेटक्सार गुल्मी ।
नेकपा (माओवादी केन्द्र)को भातृ संगठन वाइसियलको गाउँपालिका स्तरीय बृहत् भेला हिजो सम्पन्न भएको छ।
पार्टी कार्यालय वलेटक्सारमा आयोजित भेला वाइसियल रुरु क्षेत्रगाउँ कमिटीका अध्यक्ष मेगराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा रुरु क्षेत्र गाउँकमिटीका स-इन्चार्ज रामलाल वि.कको प्रमुख आतिथ्यता रहेको थियो।
यस्तै भेलामा रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली,वाइसियलका गुल्मी जिल्ला अध्यक्ष असोक श्रेष्ठ ,नेकपा माओवादी केन्द्र जिल्ला कमिटीका सदस्य कमल श्रेष्ठ ,गाउँकमिटीका उपाध्यक्ष हरी ज्ञवाली लगाएतका विशिष्ट व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो।
भेलाले अर्जुन ज्ञवालीलाई रुरु क्षेत्र गाउँकमिटीको कार्य वाहक अध्यक्षको जिम्मेवारी तोकेको छ।
नेकमा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका सदस्य ,रुरु क्षेत्र गाउँकमिटीका सह-इन्चार्ज एवम् भेलाका प्रमुख अतिथि रामलाल वि.कका अनुसार आगामी संघ तथा प्रदेशको निर्वाचनको परिणामलाई गठवन्धनको पोल्टामा पार्ने गरि संगठन सुदृढीकरण अन्र्तगत भेलाको आयोजना गरिएको थियो।
उहाँले भन्नू भयो, “आगामी संघ र प्रदेशको निर्वाचनको पुर्व तयारी स्वरुप भेला सम्पन्न भयो,(माओवादी केन्द्र) ले नयाँ एजेन्डा लिएर जनता समक्ष जान्छ,गठवन्धन अहिलेको आवश्यकता हो,वाइसियलको हिजोको भेलाले पनि गठवन्धनलाई विचार तथा एजेन्डा का हिसावले थप मजवुत गराउने सहमति भएको छ”।
हिजोको भेलाले आगामी संघ तथा प्रदेशको निर्वाचनमा माओवादी केन्द्र कै उम्मेदवार भए /नभए पनि समग्र गठवन्धन दलका उम्मेदवार लाई विजय वनाउनमा पार्टीको सवै संगठन परिचालन गर्ने समेत निर्णय गरेको छ।