टोपराम केसी
भाद्र-२४,२०७९
छत्रकोट गाउँपालिका -६ दौंघा गुल्मी ।
५६अौँ साक्षरता दिवसको अवसरमा गुल्मीको छत्रकोट गाउँपालिका वडा नं.६ दौंघा स्थित नेपाल राष्ट्रिय मा.वि मा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ।
“वर्तमान अवस्थामा शिक्षाको महत्त्व ” विषयमा दुईसमुहमा प्रतियोगिता सञ्चालन गरिएको थियो।
जसमा कक्षा ६-८ को समुहमा कक्षा ७ का विपिन ज्ञवाली प्रथम हुँदा कक्षा ८का किसन नेपाली र कक्षा ७ कै विक्शा अर्याल क्रमशः द्वितीय र तृतिय भएका छन्।
त्यस्तै कक्षा ९-१० को समुहमा कक्षा ९ कि विहानी सारुले प्रथम स्थान हाँसिल गर्दा कक्षा १० की रेखा दर्लामी द्वितीय भएकी छन्।
यस्तै कक्षा १०कै मुस्कान नेपाली तृतीय भएकी छन्।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक युवराज काफ्लेले गर्नु भएको थियो।
यस्तै साक्षरता दिवसकै अवसरमा दौंघा हरी आधारभूत विद्यालय छत्रकोट ६ मोहरे गुल्मीमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
४ सदन ससहभागि रहेको प्रतियोगितामा माछापुच्छ्रे सदन ले प्रथम स्थान हाँसिल गरेको छ।यस्तै अन्नपूर्ण सदन र धवलागिरी सदन क्रमशः द्वितिय र तृतिय भएका छन्।
प्रतियोगितामा नम्वर स्कोरिङ मा कान्ता भट्टराइ ज्ञवाली र टाइमिङ मा गिता वुढाले भुमिका निर्वाह गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक कालिदास आत्रेयको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक शंकर प्रसाद अर्यालले गर्नु भएको थियो।