एमाले नेता प्रदिप कुमार ज्ञवाली जनताको घरदैलोमा पुग्दै
कृष्ण अन्जान
गुल्मी
गुल्मी १ संघिय सांसद तथा पुर्व मन्त्री प्रदिपकुमार ज्ञवाली आफ्नो निर्बाचन क्षेत्र का मतदाताहरूका घरघरमा जाने भएका छन ।
। एमाले उपमहासचिब ज्ञवाली एमाले कालीगण्डकी गाउँ कमिटीको आयोजनामा भाद्र २६ गते देखि २८सम्म यस पालिकाका प्रत्येक वडामा आयोजित जनभेटघाट कार्यक्रममा उपस्थितभई प्रशिक्षण दिने कार्यक्रम छ ।
एमालेका केन्द्रिय उपमहासचिब प्रदिप ज्ञवाली आगामी मंसिर ४ गते हुने निर्बाचनमा गुल्मी क्षेत्रनं १ बाट संघिय संसदको लागि सर्बसम्मत रूपमा ऊम्मेद्वार सिफारिश भएका छन ।
गतहप्ता गुल्मीको रिडीमा आयोजित बृहत कार्यकर्ता भेलामा सर्बसम्मत रुपमा उनलाई एकल सिफारिस गरिएको थियो ।