भाद्र-२७,२०७९
तम्घास,गुल्मी । गुल्मीमा राहदानी वितरणबाट अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा रु. ३ करोड ७१ लाख ६७ हजार पाँच सय राजश्व सङ्कलन भएको छ ।
सो आर्थिक वर्षमा जिल्लाबाट ६ हजार २ सय ८७ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनु भयो ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार सो आर्थिक वर्षमा ७ हजार चार सय ९ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने १ हजार २६ दुर्त सेवाका लागि सिफारिस गरिएको छ ।
कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु.३ करोड ७६ लाख ७८ हजार राजश्व सङ्कलन गरेको छ ।
संस्था दर्ता,हातहतियार,राहदानी दस्तुर,न्यायिक दण्ड जरीवानाबाट उक्त राजश्व सङ्कलन गरिएको उहाँको भनाइ छ।
संस्था दर्ताबाट रु. ३३ हजार , संस्था नविकरणबाट १ लाख ८५ हजार आठ सय ,हातहतियार नवीकरणबाट रु. १ लाख ५७ हजार पाँच सय , दण्ड जरीवाना बाट ६३ हजार राजश्व सङ्कलन भएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
सो अवधिमा १८ मुद्दा दर्ता भएको छ । नौ सय २१ जनालाई आदिवासी जनजाति प्रमाणित, पाँच सय ६०जनालाई दलित प्रमाणित, एक हजार एक सय ५६ लाई पेन्सन सिफारिस गरिएको छ ।
कार्यालयमा ३३ संस्था नयाँ दर्ता भएकामा एक सय २८ संस्थाको नवीकरण भएको छ ।
५६ हातहतियार नवीकरण भएका छन र यस अवधिमा एक ड्रोन दर्ता भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै यश आवामा १७ हजार सात सय ३८ जनाले रास्ट्रिय परिचयपत्र बनाएका छन ।
त्यस्तै यश आवामा १९ हजार नौ सय ५५ जनाले नागरिक्ता बनाएका छन १३ हजार ५ सय ९५ जनाले वंशज,२२ जनाले वैवाहिक अङ्गिकृत र ६ हजार ३ सय ३८ जनाले प्रतिलिपि लिएको सहाय प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनु भयो ।