भाद्र-२८,२०७९
छत्रकोट गाउँपालिका गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकाले देश व्यापी फैलिरहेको डेङ्गु रोग बाट बच्न तथा बचाउन भन्दै एक सार्वजनिक सुचना जारी गरेको छ।
डेङ्गु एसिड प्रजातिको लामखुट्टे को टोकाइबाट लाग्ने रोग हो।
जारी सार्वजनिक सुचनामा स्वास्थ्य संयमता अपनाउन आग्रह गरिएको छ।
यो रोग लागेमा टाउको दुख्ने ,आँखाको गेडी वरिपरि वा पछाडी दुख्ने,जिउ दुख्ने,जिउ थकिलो हुने,शरिरमा मसिना दागहरु देखा पर्ने,वान्ता हुने,लगाएतका लक्षणहरु देखिने भएकाले सो रोगबाट बच्न गाउँपालिका भित्रका सम्पुर्ण कार्यालय ,संघ-संस्था र आम सर्वसाधारणलाई सुचना मार्फत आग्रह गरिएको छ।
साथै गाउँपालिका द्वारा जारी सुचना अनुसार गाउँपालिकाले प्रत्येक शनिबार विहान १० वजे दस मिनेटको समय छुट्याई घर-भित्र तथा बाहिर लामखुट्टे ले फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौँ भन्ने नाराका साथ अभियान सञ्चालन गर्ने छ।
यसका साथै गाउँपालिकाले यस रोग वाट बच्नका लागि विभिन्न उपायहरु समेत सुचनामा उल्लेख गरेको छ।जस अनुसार हातखुट्टा राम्ररी छोप्ने गरि लुगा लगाउने,लामखुट्टेले हातमा भन्दा कुर्कुचा तथा घाँटीको पछाडी टोक्ने भएकाले अनिवार्य रुपमा मोजा र घाँटी छोप्ने कपडा लगाउन सवैमा अनुरोध गरेको छ।
यस्तै पानी जम्न सक्ने फालिएका टायर,भाँडा-वर्तन ,प्लास्टिकका कागज लगाएतका वस्तुलाई सफा राख्ने,पानी जम्ने खाडल पुर्ने,स्कुल,मैदान,तथा घर वरिपरि लामखुट्टे भगाउन मार्ने वा अौषधी छर्किने,हात खुट्टामा लामखुट्टे भगाउन लोशन वा क्रिम लगाउने,वेलुकी घरका झ्याल ढोका राम्ररी वन्द गर्ने,वेलुकी ४ वजे देखि वेलुकी ६ वजे सम्म बाल-बालिकाहरुलाई अनावश्यक हिड्डुल गर्न तथा खेल्न नदिन समेत सम्पुर्ण अभिभावकहरुलाई अपिल गरिएको छ।
यसरी स्वास्थ्य संयमता अपनाउँदा समेत माथि उल्लेखित कुनै लक्षण देखिएमा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गा वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य लाभ लिन आग्रह गरिएको छ।
रोग निदानका लागि भन्दै आज देखि श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा डेङ्गु रेपिड टेष्ट उपलव्ध रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय द्वारा हस्ताक्षरित सार्वजनिक सुचनामा उल्लेख छ।
डेंगु रोगको जाच रु.५०० मै हुने भएको छ ।
यदि स्वास्थ्य परिक्षण गर्दा लक्षण देखिएमा स्वास्थ्यकर्मीको सल्लाह तथा सुझाव अनुसार अौषधीको प्रयोग गर्न तथा आराम गर्न भनिएको छ।
साथै भिटामिन सि युक्त फलफुलहरु प्रयाप्त खान तथा रोग लागेको जानकारी हुना साथ चिकित्सक कहाँ गई उपचार गराई मुत्युबाट बच्न सवै गाउँपालिका वासीहरुमा अनुरोध गरिएको छ।
गाउँपालिकाले हिजो मात्र डेङ्गु रोग नियन्त्रणका लागि वहु-निकाय सँग अभिमुखीकरण कार्यक्रम गरेको थियो।
उक्त कार्यक्रम मार्फत गाउँपालिका भरका विभिन्न समुदाय ,विद्यालय तथा सार्वजनिक स्थलहरुमा सचेतनामुलक सन्देश प्रवाह गर्ने र रेपिड टेस्टको दायरालाई विस्तार गर्ने निर्णय भएको थियो।
सोही अनुसार आज गाउँपालिकाले एक सार्वजनिक सुचना नै जारी गरेको हो।
यसै विच आज नै गाउँपालिकाको आयोजनामा श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट गाउँपालिका ४ श्रृङ्गा लगायतका ६ वटा विद्यालयहरुमा डेङ्गु रोगबाट बन्न तथा बचाउन भन्दै सचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरिएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले जानकारी दिनु भएको छ ।
