भाद्र-२९,२०७९
छत्रकोट गाउँपालिका गुल्मी ।
“बालमैत्री समाजको आधार ,जिम्मेवारी परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ गुल्मीको छत्रकोट गाउँपालिकामा ५८ अौँ राष्ट्रिय बाल दिवस २०७९ मनाईएको छ।
छत्रकोट गाउँपालिका सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली,नि.वर्तमान गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त र गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कृष्ण प्रसाद पन्थीको विशिष्ट आतिथ्यता रहेको थियो।
यस्तै कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं.४ का का वडा अध्यक्ष गुणाकर ज्ञवाली ,वडा न १का वडा अध्यक्ष घन श्याम न्यौपाने,वडा नं २ का वडा अध्यक्ष नरेन्द्र पल्ली,वडा नं.३ का वडा अध्यक्ष तेजकान्त अर्याल,वडा नं. ५ का अध्यक्ष रामप्रसाद कंडेल ,वडा नं. ६ का वडा अध्यक्ष नारायण रेश्मी, कार्यपालिका सदस्यहरु,गाउँसभाका सदस्यहरु,शिक्षा समिती सदस्यहरु,गाउँपालिका भरका विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि,विद्यार्थी लगाएतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा धारणा राख्दै गाउँपालिका अध्यक्ष पाण्डेयले गाउँपालिकामा सडक बालवालिका मुक्त भएको उल्लेख गर्दै गाउँपालिकाका कुनै पनि स्थानमा सडक बालवालिका फेला परेमा उसको सवै जिम्मा पालिका सरकारले लिने समेत घोषणा गर्नु भयो।
यस्तै गाउँपालिका उपाध्यक्ष ज्ञवालीले नजिजालाई प्रभावकारी वनाउन शिक्षक हरुलाई थप जिम्मेवार वन्न निर्देशन दिनु भयो।
कार्यक्रममा धारणा राख्ने सवै बक्ताहरुले आगामी दिनमा नतिजालाइ थप सुधार गर्नु पर्नेमा जोड दिनु भयो।
कार्यक्रम कै अवसरमा आधारभूत तह कक्षा ८,एस.ई.ई कक्षा १० र कक्षा १२ उत्तीर्ण विद्यार्थी हरु तथा विद्यालयहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिएको थियो।
गाउँपालिकाले ३.२० देखि माथि उत्कृष्ट जि.पि.ए प्राप्त गर्ने विद्यार्थी र सम्वन्धित विद्यालयलाई सम्मान गरिएको हो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षा शाखाका प्राविधिक सहायक रोमनाथ कंडेलले आगामी दिनमा नतिजालाई थप सुधार गर्नका लागि सहयोग पुग्ने गरी कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नु भयो।
कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत टिका राम आचार्यले गर्नु भएको थियो।