भाद्र -३१,२०७९
छत्रकोट गाउँपालिका गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकाले एक समारोहका विच नव प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनलाई स्वागत गरेको छ।
आज छत्रकोट गाउँपालिकाको सभाहलमा सम्पन्न स्वागत कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्ड्ेयको अध्यक्षता रहेको थियो।
यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली ,सामाजिक विकास समितिका संयोजक तथा वडा नं.४ का वडा अध्यक्ष गुणाकर ज्ञवाली,वडा नं.१का अध्यक्ष घनश्याम न्यौपाने,वडा नं.२ का वडा अध्यक्ष नरेन्द्र पल्ली,वडा नं.३ का वडा अध्यक्ष तेजकान्त अर्याल,वडा नं.५ का वडा अध्यक्ष राम प्रसाद कंडेल ,वडा नं.६ का अध्यक्ष नारायण रेश्मी,कार्यपालिका सदस्य भगवती न्यौपाने,शिक्षा समितिका सदस्य विष्णु प्रसाद पौडेल,पुर्व शिक्षा स्रोत विकास केन्द्र प्रमुख संकर प्रसाद पन्थ ,गाउँपालिका स्थित विषयगत शाखा प्रमुखहरु,गाउँकार्यपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा धारणा राख्दै गाउँपालिका अध्यक्ष पाण्डेयले कार्य सम्पादनका क्रममा जनप्रतिनिधि बाट कुनै प्रकारको बाधा र अवरोध सिर्जना नहुने जनाउँदै गाउँपालिका भरका हरेक गतिविधि सञ्चालनका क्रममा परिस्थितिलाई थप सहज बनाउने प्रतिवद्धता जनाउनु भयो।
यस्तै स्थानीय सरकारको गत ५ वर्षे कार्यकालमा धेरै पटक प्रमुख प्रशासकीय अधिकृतहरुको परिवर्तनले गाउँपालिका सरकारको काम-कार्यमा गम्भीर असर परेको तथा पर्न सक्ने प्रसङ्ग जोड्दै आफ्नो ५ वर्षे कार्यकाल अवधिभर प्रमुख प्रशासकीय अधिकृत पुन सँगै सहकार्य हुनेमा विस्वास व्यक्त गर्नु भयो।
साथै उहाँले उत्कृष्ट छत्रकोटको परिकल्पना प्रमुख प्रशासकीय अधिकृत पुन,सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुको आवश्यक समन्वय ,सहजीकरण तथा निर्देशनमा पूरा हुने समेत बताउनु भयो।
यस्तै कार्यक्रममा धारणा राख्दै नव प्रमुख प्रशासकीय अधिकृत पुनले गाउँपालिका अध्यक्ष लगायतका सम्पुर्ण जनप्रतिनिधिको उपयुक्त निर्देशन तथा कर्मचारीहरुको आवश्यक समन्वयमा गाउँपालिकाका हरेक गतिविधिहरुलाई सशक्त ढंगले अगाडि वढाउने प्रतिवद्धता जनाउनु भयो।
यस्तै उहाँले नमुना र उत्कृष्ट छत्रकोट बनाउन यहाँका जनप्रतिनिधि र कर्मचारीहरु बाट आवश्यक निर्देशन ,सल्लाह ,सुझाव ,सहजीकरण तथा समन्वयमा कुनै प्रकारको कमी नहुने समेत विस्वास व्यक्त गर्नु भयो।
पुन करिव ५ वर्ष सम्म रोल्पाको सुन्छहरी गाउँपालिकामा कार्यरत हुनु हुन्थ्यो ।
त्यस पछि उहाँ हाल सम्म जिल्ला समन्वय समिति नवलपरासी पश्चिमा कार्यरत हुनु हुन्थ्यो ।
नि.वर्तमान प्रमुख प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीको रुपन्देहीको कोटीहवामाई गाउँपालिकामा सरुवा भएकोले पुन प्रमुख प्रशासकीय अधिकृतको रुपमा छत्रकोट गाउँपालिका आउनु भएको हो।
उहालाई टिकामाला ,खादा र मायाँको चिनो सहित गाउँपालिकाले स्वागत गरेको थियो ।
उहाँले आजै वाट नै आफ्नो कार्यभार सम्हाल्नु भएको छ।
यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै छत्रकोट गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं.४ का वडा अध्यक्ष ज्ञवालीले छत्रकोटको विकास र समृद्धिमा प्रमुख प्रशासकीय अधिकृतबाट रचनात्मक ,सकारात्मक एवम् महत्वपुर्ण सहयोग तथा समन्वयको अपेक्षा राख्नु भयो।
कार्यक्रमको सहजिकरण शिक्षा अधिकृत टिकाराम आचार्यले गर्नु भएको थियो।